एजेन्सी चैत्र ७ । यस अघिका सबै फाँसीको मिति टर्दै आए पनि आज बिहान पौने ६ बजेका लागि तोकिएको फाँसी टर्ने स्थिति नदेखिए पछि निर्भयाका बलात्कार तथा हत्या गर्ने चार आरोपी मध्यराति दिल्ली हाईकोर्ट पुगेका छन् । भारतीय समय अनुसार राति १० बजे वकिल एपी सिंहले दोषीहरु लिएर अदालत पुगेर पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
तर न्यायधीशले अब के प्रमाण छ ? पटक पटक बोलेर मात्र हुदैन , अब समय आयो , तपाईहरुको भगवानसगँ भेट हुनेछ भने पछि दोषी अक्षय ठाकुर, मुकेश सिंह , पवन गुप्ता र विनय सिंह चिलविल भएका थिए ।
दिल्ली हाईकोर्टले पनि यो पुनरावलोकन खारेज गरे पछि वकिल एपीसिंहले फेरी सर्वोच्च अदालत जाने बताएका छन् । ती वकिलले कोरोनाका कारण सबै फोटो कपी गरेर कागजातहरु ल्याउन नसकिएको आदि कारण देखाउदै फाँसी टार्ने कसरत गरीरहेका छन् ।
न्यायधिशले कुनै प्रमाण छ भने ल्याउनुस् केही घण्टा समय बाँकी छ भने पछि अहिले सबै दौडधुप गरीरहेका छन् ।
आज दिनभरीमा राष्ट्रपतिका लागि आममाफी लगायत ६ वटा पुनरावलोकन मुद्धा खारेज भएको थियो । अब भने कुनै कानुनी बिकल्प नभएकाले बलात्कारका दोषीहरुले फाँसी पाउने निश्चित जस्तै भएको आजतकले लेखेको छ ।
यस अघि सर्वोच्चले पनि पुनरावेदन खारेज गरीसकेको थियो । तर फेरी वकिलले त्याहाँ जाने कोशिस गरीरहेका छन् । दोषीहरुले हामीलाई फाँसी दिएर भारतमा बलात्कार रोकिदैन, बरु आजिवन कारावास सजाय दिईयोस भन्दै रुवावासी गरीरहेको खबर भारतीय सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।
जनवरी २२ , फेब्रुअरी १ र मार्च तीनमा तय भएको फाँसीको मिति टर्दै सर्दै आए पछि चौथो पटक मार्च २० को लागि तय भएको थियो ।
२०१२ डिसेम्बर १६ मा साझँ साढे ६ बजे कुदिरहेको यात्रुबाहक बसमा ६ जनाले निर्भयामाथि सामुहिक बलात्कार पछि पाशविक यातना दिनुका साथै लिंगमा रड घुसाएर क्रुर हत्या प्रयास गरेका थिए । त्यस पछि उनलाई उपचारको लागि सिंगापुर लगिएको थियो । तर १० दिन पछि उनको मृत्यु भएको थियो । र भारतभर फाँसीको माग सहित बिशाल र्यालीहरु भएको थियो ।
६ जना मध्य एक जना राम सिंहले दिल्लीको तिहाड जेलमा आत्महत्या गरेका थिए भने अर्का दोषी नावालग भएका कारण ३ बर्ष सुधार गृहमा बसेर छुटेका थिए ।
यस्तो छ भारतमा फाँसी दिने प्रकृया
तिहाड जेलमा निर्भयाका चार दोषीलाई फाँसीमा झुण्ड्याउन आईपुगेका छन् पवन जल्लाद । उनका अनुसार जेलबाट लगेर फाँसी दिदा सम्म के गरिन्छ त ? उनका अनुसारः फाँसीको मिति तय भए पछि एक दिन पहिले जल्लादलाई जेलमा बोलाईन्छ । त्यस रात हामीलाई निन्द्रा लाग्दैन । कैदीलाई कसरी उसको खुट्टामा बाध्ने,डोरीले कसरी बाध्ने भनेर निकै सोचिन्छ ।
उनका अनुसार अदालतले तोकेको फाँसीको समय भन्दा १५ मिनट अघि कैदीलाई फाँसी घरमा लगिन्छ । फाँसीको तयारी गर्न करीब डेढ घण्टा सम्म समय लाग्छ । कैदीलाई जेलबाट फाँसी घरमा ल्याउनु पुर्व हतकडी लगाएर दुई जना सिपाहीले ल्याउछन् । त्यसमा करीब १५ मिनट समय गुज्रिन्छ । त्यस बेला कैदीको खुट्टा शायद कापीरहेको हुन्छ । त्यस पछि कैदीलाई फाँसीको तख्तामा उभ्याईन्छ । त्यस समयमा चार पाच जना सिपाहीहरु हुन्छन् । त्याहाँ सबै काम ईसारामा गरीन्छ । तख्तामा उभ्याएर फाँसी दिदा सम्म करीब १५ मिनट समय लाग्दछ ।
तख्तामा उभ्याए पछि खुट्टामा समेत डोरीले बाधीन्छ । टाउकोमा कालो टोपी लगाईन्छ । गलामा फन्दा राखे पछि चारैतिर कैदीलाई घुमाईन्छ । यो काम साईडबाट हुन्छ किन भने मर्ने बेलामा कैदीले फाँसी दिनेलाई खुट्टाले हानेर घाईते नपारोस् भनेर । त्यस पछि जेल अधीक्षकले औलाले ईशारा दिन्छन् र म लिभर खिच्न थाल्छु । कैदीले टेक्ने ठाँउमा एउटा गोलो निशान हुन्छ । ईशारा पाए पछि हामी लिभर खिच्छौ कैदी झुण्डिन्छ । १० देखि १५ मिनटमा उसको शरीर चिसो हुन्छ । त्यस पछि डाक्टर कैदीको छेउमा गएर हर्ट बिट चेक गर्छन् । र त्यस पछि सिपाहीले फन्दाबाट कैदीको बडीलाई उतारेर च्यादरले छोपी दिन्छन् । फन्दा र डोरी निकालेर हामी अर्कोतिर राख्छौं बास् हाम्रो काम सकियो ।
यो पनि हेर्नुस्
चार जना बलात्कारका दोषी जसलाई विहान घाम झुल्किनु अघि यसरी झुण्ड्याईदैछ….
निर्भयाका बलात्कार तथा हत्याका चार दोषीलाई मार्च २० मा फासीमा झुण्ड्याउने फैसला
निर्भयाका चार दोषीलाई जेलको सूचना ,फासीमा झुन्डिनु अघि परिवारलाई कहिले भेट्ने ?