एजेन्सी चैत्र ६ । हरेक मान्छे मर्छ त्यो थाहा छ म यसरी मर्छु भन्ने निश्चित कसैलाई हुँदैन । धेरैको मृत्यु अचानक र अनिश्चित हुन्छ । तर फाँसी यस्तो हो जो जसलाई दिईने हो उसलाई थाहा हुन्छ कि म झुण्ड्याएर मारिने छु ।
हो एउटा यस्तै दिन आएको छ भारतका निर्भयाका सामुहिक बलात्कारका चार दोषीहरुलाई । सात बर्ष तीन महिना तीन दिन पहिले निर्भयालाई एउटा सार्वजनिक गाडीमा बलात्कार गरेर त्यस पछि योनीमा रड घुसारेर बर्बरतापूर्ण हत्या प्रयास गरेका चार जना दोषीलाई भोली २० मार्च पौने ६ बजे घाम झुल्किनु अघि तिहाड जेलमा फाँसीको फन्दामा झु्याएर मारिने भएको छ ।
दिल्ली कोर्टले नयाँ मिति सार्वजनिक गरेको थियो । राष्ट्रपतिसमक्ष पेश गरिएको माफीको निवेदन खारेज भएको छ भने सबै कानुनी प्रावधानहरु अब बन्द भए पछि यस अघि टर्दै आएको फाँसीको कार्यन्वयन अब निश्चित बनेको हो ।
ती दोषीहरु हुन् मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ताको अब माफीको कुनै बिकल्प बचेको छैन । फाँसीबाट जोगिने अन्तिम प्रयास स्वरुप अदालतमा दिईएका सबै निवेदनहरु आज खारेज भएको छ ।
फाँसी अघि चार जनाको अवस्था के छ ?
तिहाड जेलमा रहेका चारै जना दोषीहरु केही दिन अघि सम्म आरामले खाएर बसिरहेका थिए । तर आजबाट उनीहरुको शरीर काप्न थालेको छ । उनीहरुलाई खाना रुच्न छाडेको छ । दोषीहरुका परिवार मध्य विनयकी आमाले आज अन्तिम दिन आफ्नै हातले बनाएको शब्जी पुरी खान दिएकी छन् । अदालतमै एक दोषी अक्षयको पत्नी बेहोस भएकी छन् । उनीहरु निराश र निन्याउरो अवस्थामा रहेको बताईएको छ ।
फाँसी दिनु अघि चिया बिस्कुट , अनि कालो थैली …..
भोली शुक्रबार बिहान भारतीय समय अनुसार ५ बजे उनीहरुलाई चिया र बिस्कुट खान दिईने छ । त्यस पछि उनीहरुलाई नुहाउन दिईने छ । त्यस पछि हतकडी , खुट्टामा नेल लगाईने छ । त्यस पछि अनुहारमा कालो थैलीले छोपिने छ ।
त्यस पछि उनीहरुलाई करीब १५ मिनेट हिडाएर प्रहरीले फाँसी घरमा पुर्याउने छन् । बाहिरका कुनै पनि दृष्य उनीहरुले देख्न पाउने छैनन् । त्याहाँ जल्लाद पवनले फाँसीको सबै तयारी पूरा गरेका छन् । यस अघि ती जल्लादले ६ जनालाई फाँसीमा चढाईसकेका छन् ।
फाँसी दिनु अघि सुप्रिटेन्डेन्टको निर्देशन अनुसार जल्लादले काम गर्नेछन् । जब उनीहरुलाई फन्दामा पुर्याएर डोरी घाँटीमा राखिने छ त्यस पछि सुप्रिटेन्डेन्टले ईशारा गरे पछि जल्लाद पवनले लिभर तान्ने छन् र उनीहरुको घाडीमा डोरीले कसिनेछ र उनीहरु मर्नेछन् भुण्डिएर । त्यसको करीब २ घण्टा पछि उनीहरुलाई डाक्टरले चेक गरेर मृत घोषित गरे पछि उनीहरुको लाश निकालेर प्लाष्टिकले ब्यहोरेर प्रहरीले लाने छ ।
त्यसरी उनीहरुको जीवन लिला समाप्त हुने छ । त्यो त्यही कारणले उनीहरुको हुदैछ जसरी उनीहरुले एउटी महिलामाथि बलात्कार र अत्याचार गर्दा उनको मृत्यु भएको थियो । निर्भया नामकी ती युवतीको आमा आशाले अब भने आफ्नी छोरीको आत्माले शान्ति पाउने बताएकी छन् ।