मिसाईल जस्तै विमान जलेर जमिनमा विष्फोट हुँदा अमेरीकामा जलेर ९ जनाको मृत्यु

मिसाईल जस्तै विमान जलेर जमिनमा विष्फोट हुँदा अमेरीकामा जलेर ९ जनाको मृत्यु

  • सोमवार, कार्तिक १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

फ्लोरिडा: अमेरिकाको फ्लोरिडामा भएको एक भयानक विमान दुर्घटनामा ९ जनाको ज्युँदै मृत्यु भएको छ। टेक्सासबाट बहामासतर्फ जाँदै गरेको ‘लियरजेट ६०’ (Learjet 60) नामक जेट विमान दुर्घटनाग्रस्त भएको हो।

घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार विमान आकाशबाट मिसाइल जसरी तीब्र गतिमा तल खसेको थियो र जमिनमा ठोक्किँदा बम पड्किएझैँ ठूलो विष्फोट भएको थियो। दुर्घटनाको यो भयानक दृश्य समेटिएको भिडिओ अहिले सामाजिक सञ्जालमा तीब्र रूपमा भाइरल भइरहेको छ।

खराब मौसम र उडानका क्रममा उत्पन्न भएको हुरीबतास (टर्बुलेन्स) का कारण विमान नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यस दुर्घटनासँग सम्बन्धित थप विवरण तथा छानबिनको काम जारी रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ