रुस युरोपसँग युद्धका लागि तयार छ, तर चाहँदैन: राष्ट्रपति पुटिन

रुस युरोपसँग युद्धका लागि तयार छ, तर चाहँदैन: राष्ट्रपति पुटिन

  • शनिबार, कार्तिक १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

मास्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली मुलुकहरूलाई युद्धको चेतावनी दिँदै रुस जुनसुकै परिस्थितिमा पनि युरोपसँग युद्धका लागि तयार रहेको बताएका छन्। यद्यपि, रुस युद्धको पक्षमा नरहेको र यस्तो युद्धमा कसैको पनि जित नहुने उनको भनाइ छ।

नर्वेका राष्ट्रपति अलेक्ज्याण्डर स्टब र फिनल्यान्डका प्रधानमन्त्री जोनास गहर स्टोरसँगको भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युरोपेली देशहरूसँग सम्बन्ध सुधारका जुनसुकै सकारात्मक कदमको रुसले स्वागत गर्ने बताए। यसअघि पनि युक्रेनलाई सहयोग गरेको भन्दै पुटिनले नेटो (NATO) लाई युद्धको धम्की दिँदै आएका थिए।

यसैबिच, पुटिनले बाल्टिक सागरमा जहाजरानी (शिपिङ) माथि प्रतिबन्ध नलगाउन युरोपेली देशहरूलाई चेतावनी दिएका छन्। अमेरिका-इरान तनाव र होर्मुज जलडमरूमध्य बन्द भएको प्रसङ्ग उल्लेख गर्दै पुटिनले युरोपेली देशहरू उत्तरी युरोपमा पनि उस्तै तनाव र जोखिम मोल लिन चाहन्छन् भनी प्रश्न गरे। यदि त्यसो गरिएमा रुसले पूर्ण शक्तिका साथ जवाफ दिने चेतावनी उनले दिए।

‘युरोपसँग युद्ध चाहँदैनौँ, तर परिस्थिति बिग्रिए कोही विजेता हुनेछैन’

फिनल्यान्ड र नर्वेका नेताहरूसँगको संवादमा पुटिनले तनाव सीमाभन्दा बाहिर गए दुवै पक्षले गम्भीर परिणाम भोग्नुपर्ने बताए। उनले भने, “हामी तयार छौँ, तर युरोपसँग कुनै युद्ध चाहँदैनौँ। यदि स्थिति धेरै अघि बढ्यो भने यो युद्धमा कोही पनि विजेता हुनेछैन, यो कुरा कसैले नभुलून्।”

साथै, उनले युरोपेली सरकारहरूसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयासको समर्थन गर्दै रुस यसका लागि खुला रहेको र सम्भव सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ