निर्भयाका चार दोषीलाई जेलको सूचना ,फासीमा झुन्डिनु अघि परिवारलाई कहिले भेट्ने ? यसरी दिईन्छ फाँसी भारतमा

निर्भयाका चार दोषीलाई जेलको सूचना ,फासीमा झुन्डिनु अघि परिवारलाई कहिले भेट्ने ? यसरी दिईन्छ फाँसी भारतमा

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

एजेन्सी १० फागुण । अब कुनै अर्को नयाँ आदेश या निर्णय आएन भने दिल्लीको एउटा सार्वजनिक बसमा निर्भया नामकी युवतीलाई सामुहिक बलात्कार पछि हत्या गरेको अभियोगमा चार जनालाई आउदो मार्च तीनमा फाँसीमा झुण्ड्याईने छ ।
त्यस दिन बिहान सबेरै उनीहरुलाई झुण्ड्याउन जल्लाद समेत मगाईसकिएको छ । यो फाँसीको सजाय पाएका चारै जना मुकेश कुमार सिंह, विनयकुमार शर्मा,अक्षय र पवन गुप्तालाई परिवारसगँ अन्तिम पटक कहिले भेट्ने भनेर जेल प्रशासनले सूचना टाँसेको छ ।
पवन गुप्ता बाहेक अन्य तीन जनाको फाँसी टर्ने कुनै संभावना छैन । फाँसी नटर्ने भए पछि केही दिन अघि उनीहरुले भित्तामा टाउको ठोक्काएका थिए । पुनरावेदन , राष्ट्रपति समक्ष अपील सबै उनीहरुको खारेज भईसकेको छ । पवनका ती विकल्पहरु बाँकी रहेका छन् । उनले पनि निवेदन दिए भने फाँसी फेरी सर्ने संभावना छ । तर चौतर्फी दवावका कारण अब फाँसी टार्न नहुनेमा प्रशासन पुगेको बताईन्छ । निर्भयाकी आमाले फाँसी ढिलो भएकोमा आपत्ति जनाउदै आएकी छन् ।
डिसेम्बर १६ २०१२ मा प्यारामेडिकल छात्रा निर्भयामाथि कुदिरहेको बसमा जघन्य र बर्बर तरीकाले उनीहरुले बलात्कार र यातना दिएका थिए । त्यति मात्र हैन उनीहरुले गुप्तागंमा रड समेत घुसारीदिएका थिए । त्यस पछि गंभीर अवस्थामा निर्भयालाई उपचारको लागि सिंगापुर लगिए पनि निर्भयाको जीवन रक्षा हुन सकेको थिएन । त्यसको विरोधमा भारत भर विरोध प्रदर्शन पछि उनीहरुलाई फाँसीको सजाय तोकिए पनि अझै कार्यन्वयन हुन नसके पछि परिवारले आपत्ति जनाउदै आएको छ ।
यस्तो छ भारतमा फाँसी दिने प्रकृया 
तिहाड जेलमा निर्भयाका चार दोषीलाई फाँसीमा झुण्ड्याउन आईपुगेका छन् पवन जल्लाद । उनका अनुसार जेलबाट लगेर फाँसी दिदा सम्म के गरिन्छ त ? उनका अनुसारः फाँसीको मिति तय भए पछि एक दिन पहिले जल्लादलाई जेलमा बोलाईन्छ । त्यस रात हामीलाई निन्द्रा लाग्दैन । कैदीलाई कसरी उसको खुट्टामा बाध्ने,डोरीले कसरी बाध्ने भनेर निकै सोचिन्छ ।
उनका अनुसार अदालतले तोकेको फाँसीको समय भन्दा १५ मिनट अघि कैदीलाई फाँसी घरमा लगिन्छ । फाँसीको तयारी गर्न करीब डेढ घण्टा सम्म समय लाग्छ । कैदीलाई जेलबाट फाँसी घरमा ल्याउनु पुर्व हतकडी लगाएर दुई जना सिपाहीले ल्याउछन् । त्यसमा करीब १५ मिनट समय गुज्रिन्छ । त्यस बेला कैदीको खुट्टा शायद कापीरहेको हुन्छ । त्यस पछि कैदीलाई फाँसीको तख्तामा उभ्याईन्छ । त्यस समयमा चार पाच जना सिपाहीहरु हुन्छन् । त्याहाँ सबै काम ईसारामा गरीन्छ । तख्तामा उभ्याएर फाँसी दिदा सम्म करीब १५ मिनट समय लाग्दछ ।
तख्तामा उभ्याए पछि खुट्टामा समेत डोरीले बाधीन्छ । टाउकोमा कालो टोपी लगाईन्छ । गलामा फन्दा राखे पछि चारैतिर कैदीलाई घुमाईन्छ । यो काम साईडबाट हुन्छ किन भने मर्ने बेलामा कैदीले फाँसी दिनेलाई खुट्टाले हानेर घाईते नपारोस् भनेर । त्यस पछि जेल अधीक्षकले औलाले ईशारा दिन्छन् र म लिभर खिच्न थाल्छु । कैदीले टेक्ने ठाँउमा एउटा गोलो निशान हुन्छ । ईशारा पाए पछि हामी लिभर खिच्छौ कैदी झुण्डिन्छ । १० देखि १५ मिनटमा उसको शरीर चिसो हुन्छ । त्यस पछि डाक्टर कैदीको छेउमा गएर हर्ट बिट चेक गर्छन् । र त्यस पछि सिपाहीले फन्दाबाट कैदीको बडीलाई उतारेर च्यादरले छोपी दिन्छन् । फन्दा र डोरी निकालेर हामी अर्कोतिर राख्छौं बास् हाम्रो काम सकियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ