भारतमा ८ बर्ष अघि सार्वजनिक बसमा एक महिला निर्भयामाथि बर्बरतापूर्ण तरीकाले बलात्कार र हत्या गरेको अभियोगमा फासीको सजाय पाएर पनि विभिन्न पुनरावेदन र अदालती प्रकृयाले रोकिएका दोषी चार जनालाई मार्च २० मा फाँसी दिईने निश्चित भएको छ ।
दिल्ली कोर्टले आज नयाँ मिति सार्वजनिक गरेको हो । बिहानै भारतीय समय अनुसार साढे ५ बजे उनीहरुलाई जेलबाट लगेर जल्लादले फाँसीको फन्दामा चढाउने छन् ।
दोषी मध्य एक पवन गुप्ताले राष्ट्रपति समक्ष राखेको माफीको प्रस्ताव खारेज भए पछि अदालतले नयाँ मिति दिएको हो ।
मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ताको अब माफीको कुनै बिकल्प बचेको छैन । निर्भयाकी आमा आशाले अब भने निर्भयाले न्याय पाउने आशा गरेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline