मृत्युको अफवाहका बीच उत्तर कोरीयाली राष्ट्रपति किम चीन भ्रमणमा

मृत्युको अफवाहका बीच उत्तर कोरीयाली राष्ट्रपति किम चीन भ्रमणमा

  • आइतवार, कार्तिक ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

बेइजिङ, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुभएको छ। स्वास्थ्य समस्याका कारण सार्वजनिक जीवनबाट टाढा रहेको र निधनसमेत भएको भन्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका भ्रामक अफवाहहरूलाई खण्डन गर्दै नेता किम पूर्ण रूपमा स्वस्थ अवस्थामा चीन पुग्नुभएको हो।

भ्रमणका क्रममा नेता किम दुवै देशको सीमामा रहेको डाण्डोङ (Dandong) शहर पुग्नुभएको थियो। उहाँ उत्तर कोरिया र चीन जोड्ने भर्खरै सञ्चालनमा आएको ‘न्यू यालु रिभर ब्रिज’ (New Yalu River Bridge) भएर चीन प्रवेश गर्नुभएको हो। सन् २०१४ मा निर्माण सम्पन्न भए पनि पूर्वाधार र सडक पहुँचको अभावमा १२ वर्षसम्म बन्द रहेको यो ४ लेनको पुल हालै मात्र सञ्चालनमा ल्याइएको हो।

भ्रमणका क्रममा नेता किमलाई चीनका चौथो वरिष्ठ नेता वाङ हुनिङले स्वागत गर्नुभएको थियो। सन् १९५०-१९५३ को कोरियाली युद्धमा चीन सहभागी भएको स्मृति दिवसको पूर्वसन्ध्यामा दुवै नेताहरूले डाण्डोङस्थित ‘कोरियाली युद्ध स्मारक’ पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। सो अवसरमा नेता किमले उत्तर कोरिया र चीनको ऐतिहासिक मित्रतालाई अझ मजबुत बनाउँदै व्यावहारिक सहयोग विस्तार गर्न आफ्नो देश तयार रहेको बताउनुभयो।

यालु नदीमाथि बनेको ३ किलोमिटर लामो यो पुल खुला भएसँगै चीन र उत्तर कोरियाबीचको व्यापारिक तथा ढुवानी बाधा हट्ने र द्विपक्षीय व्यापारमा ठूलो वृद्धि हुने विज्ञहरूले बताएका छन्। यस पुलबाट २४ सै घण्टा कन्टेनर र मालबाहक ट्रकहरू आवतजावत गर्न सक्नेछन्।

भ्रमण सम्पन्न गरी नेता किम सोही पुलमार्फत उत्तर कोरिया फर्किनुभएको छ। चीनलाई उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक तथा राजनीतिक साझेदारका रूपमा लिइन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ