४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी

४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, ११ असोजः विश्व पर्यटन दिवस २०२६ का अवसरमा चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरिएको छ । बागमती प्रदेश पर्यटन कार्यालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज काठमाडौँमा एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा बागमती प्रदेशको पर्यटकीय, प्राकृतिक, सांस्कृतिक तथा कलात्मक पहिचान झल्किने चित्र तथा तस्बिर समावेश गरिएका छन् । कुल १६ कलाकारका २१ वटा विभिन्न विधाका उत्कृष्ट कलाकृति अवलोकनका लागि राखिएको पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रदर्शनीमा विशेषगरी बागमती प्रदेशका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यका साथै नेपालमा प्रचलित विभिन्न परम्परागत तथा आधुनिक कला शैलीलाई प्रस्तुत गरिएको छ । प्रदर्शनीमा कलाकार एससी सुमन, केशवराज खनाल, देवेन्द्र थुम्केली, नरबहादुर विक, प्रदीप अधिकारी, शोभा ढकाल, देवासी काफ्ले, प्रकाश मिजार, सञ्जय प्रधान, सिकन्दर चौधरी, बाबुराम पौडेल र नारायण ढुङ्गानालगायत स्रष्टाका कलाकृति राखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी