काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियाबाट फर्किरहेका अमेरिकी युद्धपोतहरू क्युबानजिकै तैनाथ गर्ने सङ्केत गरेपछि दुई देशबिचको कूटनीतिक तनाव एकाएक उत्कर्षमा पुगेको छ। ट्रम्पको अभिव्यक्ति लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली जनतालाई गुप्तचर संस्थासँग सहकार्य गर्न आह्वान गरेपछि क्युबाले कडा आपत्ति जनाएको छ।
फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “ईरानबाट फर्किँदा हामी क्युबालाई पनि हेर्नेछौँ। हाम्रा शक्तिशाली युद्धपोतहरू क्युबाको समुद्री किनारभन्दा ५० गजको दूरीमा रोकिनेछन्।” ट्रम्पले क्युबामा सत्ता परिवर्तनको सङ्केत गर्दै अमेरिकी रणनीति स्पष्ट पारेका हुन्।
अमेरिकी दबाब र धम्कीको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले कडा शब्दमा प्रतिवाद गरेका छन्। ट्रम्प र रुबियोको अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै रोड्रिगेजले भने, “हाम्रा तटहरूमा सुन्दर समुद्री किनार मात्र होइन, चुनढुङ्गाका अत्यन्तै तिखा चट्टानहरू पनि छन्। खराब नियत र हैकम जमाउन आउनेहरूका लागि क्युबाली माटो अनुकूल हुनेछैन।”
सीआइएसँग सहकार्य गर्न रुबियोको आह्वान
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत क्युबाका नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, “भ्रष्टाचार, निराश बाचा र सीमित वर्गको विलासिताबाट आजित हुनुभएको छ भने सीआइएसँग गोप्य साझेदारी गर्नुहोस्। क्युबामा सकारात्मक परिवर्तन ल्याउने यो नै सही समय हो।”
क्युबाको प्रतिकृया : ‘तिखा चट्टानहरूले स्वागत गर्नेछन्’
अमेरिकी दबाब र धम्कीको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले कडा शब्दमा प्रतिवाद गरेका छन्। ट्रम्प र रुबियोको अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै रोड्रिगेजले भने, “हाम्रा तटहरूमा सुन्दर समुद्री किनार मात्र होइन, चुनढुङ्गाका अत्यन्तै तिखा चट्टानहरू पनि छन्। खराब नियत र हैकम जमाउन आउनेहरूका लागि क्युबाली माटो अनुकूल हुनेछैन।”
आर्थिक प्रतिबन्ध अझ कडा
आक्रमणको धम्कीसँगै ट्रम्प प्रशासनले क्युबामाथि आर्थिक घेराबन्दी समेत तीव्र पारेको छ। अमेरिकाले क्युबाका निर्माण, खानी तथा धातु क्षेत्रका नौ वटा सरकारी कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको छ। साथै अमेरिकी नागरिकलाई क्युबाली सरकारी कम्पनीहरूसँग व्यापार गर्न रोक लगाउने नियमहरू अझ कडा बनाइएको छ।