काठमाडौँ — चीनको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) को नाग्छु शहरस्थित बाछेन काउन्टीमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
स्थानीय संकट व्यवस्थापन ब्यूरोका अनुसार बेइजिङ समय अनुसार बिहीबार राति १०:३३ बजे भूकम्प गएको हो। शुक्रबार बिहान सम्मको विवरण अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जना सामान्य घाइते भएका छन्। भूकम्पका कारण ३ सयभन्दा बढी घरहरू भत्किएका छन्।
घटनालगत्तै उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धारका लागि भूकम्पको केन्द्रविन्दु क्षेत्रमा ३ सयभन्दा बढी प्रहरी र ३ सय ४७ जनाभन्दा बढी दमकल तथा उद्धारकर्मी खटाइएको छ। भूकम्पबाट भएको थप क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline