प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, ११ असोजः अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तीनवटा प्रवासी संस्थाले प्रदान गरेका उक्त रकममध्ये एन एच नेपाली समाजबाट एक लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीबाट ९३ हजार र गुरुङ सोसाइटीबाट १३ हजार अमेरिकी डलर प्राप्त भएको हो ।

मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग गरेकामा तीन वटै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी