नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा सर्वसम्मत रूपमा शिवराम भण्डारी निर्वाचित

नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा सर्वसम्मत रूपमा शिवराम भण्डारी निर्वाचित

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

पेरिस, फ्रान्स।

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। ९ अगस्ट २०२६ मा आयोजित समारोहमा संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

निवर्तमान सभापति सुधीर रानाको सभापतित्व एवं संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको उद्घाटन सत्रमा राष्ट्रिय गानका साथै लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्व. किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि र केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजकत्वमा सम्पन्न भएको हो।

अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका अतुलनीय रहेको चर्चा गर्दै नयाँ टोलीलाई शुभकामना व्यक्त गर्नुभयो।

दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभएका निवर्तमान सभापति सुधीर रानाले आफ्ना अनुभव साझा गर्दै नयाँ समितिलाई पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो।

नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमालाई अझ उच्च बनाउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि आफ्नो टिम निष्ठापूर्वक क्रियाशील रहने प्रण गर्नुभयो।

नवनिर्वाचित कार्यसमिति:

सभापति: शिवराम भण्डारी

वरिष्ठ उपसभापति: कृष्ण गुरुङ

उपसभापतिद्वय: विकास के.सी. र सुजन राज भट्ट

महामन्त्री: सुशिल भण्डारी

सहमहामन्त्री: विवेक धमला

कोषाध्यक्ष: दिपेन्द्र दाहाल

कार्यसमिति सदस्यहरू: सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी