व्यवसायीको आन्दोलनले आजदेखि देशभरका म्यानपावर ठप्प, हजारौँ श्रमिकको वैदेशिक रोजगारी अन्योलमा

व्यवसायीको आन्दोलनले आजदेखि देशभरका म्यानपावर ठप्प, हजारौँ श्रमिकको वैदेशिक रोजगारी अन्योलमा

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ । सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको विवाद समाधान हुन नसकेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (भदौ १ गते) देखि देशभरका सबै म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गराएका छन्। सरकारलाई दिएको अल्टिमेटम सीमाभित्र वार्ता र सहमति नभएपछि व्यवसायीहरूले शाखा कार्यालयहरूमा तालाबन्दी गर्दै सम्पूर्ण प्रक्रिया रोकेका हुन्।

व्यवसायीको आन्दोलनका कारण नयाँ विज्ञापन, अन्तर्वार्ता, पूर्व तथा अन्तिम श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र वैदेशिक रोजगार विभागसँग सम्बन्धित प्रशासनिक कामहरू पूर्ण रूपमा ठप्प भएका छन्। हिजो (साउन ३१ गते) राति १२ बजेसम्म श्रम स्वीकृति र उडान प्रक्रिया पूरा भएका श्रमिकहरूलाई मात्र जान दिइएको छ भने आजदेखि हुने भनिएका पूर्व-निर्धारित उडानहरू स्थगित गरिएका छन्।

भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयलाई लिएर विभागले सयौँ म्यानपावर कम्पनीमाथि कारबाही अघि बढाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। व्यवसायीहरूले सो कारबाही फिर्ता हुनुपर्ने, सेवा शुल्क परिमार्जनको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने र नीतिगत सुधार हुनुपर्ने माग राखेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले चेतावनी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी