करदाता प्रोत्साहन उपहार: पर्साका लालबाबु साह कानुले जिते १० लाख रुपैयाँको बम्पर उपहार

करदाता प्रोत्साहन उपहार: पर्साका लालबाबु साह कानुले जिते १० लाख रुपैयाँको बम्पर उपहार

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

१६ असोज, २०८३ (२ अक्टोबर, २०२६)
काठमाडौँ। आन्तरिक राजस्व विभागद्वारा सञ्चालित करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो १५ दिनको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जित्नुभएको छ। असोज १६ गते शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेको घोषणा गरिएको हो।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा गोलाप्रथा (लक्की ड्र) मार्फत विजेताहरूको नाम सार्वजनिक गर्नुभएको थियो। कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा प्राप्त गरेको बिल नै बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ। कार्यक्रम लगत्तै विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई टेलिफोन गरी बधाई दिँदै पुरस्कार रकम दाबीका लागि नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्म खरिद गरी बिल लिने उपभोक्ताका कूल ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए। जसमा कार्ड तथा अनलाइन भुक्तानीमार्फत भएका कारोबार ३ करोड १५ लाख ७० हजार ३०७ र नगद कारोबारका बिल २ लाख ४७ हजार ९७९ रहेका थिए। बम्पर पुरस्कारका साथै असोज १ देखि १५ गतेसम्म दैनिक एक/एक लाख रुपैयाँका दरले अन्य उपहार विजेताहरूको नाम समेत घोषणा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी