असाेज, २ काठमाडौं । काठमाडौँको जडीबुटीस्थित मनाेहरा पुलमा बिहीबार अपरान्ह भएकाे भयंकर सवारी दुर्घटनाका घाइते महिलाकाे मृत्यु भएकाे छ ।
बा.९३प ७६७८ नम्बरको पल्सर २२० मोटरसाइकललाई बा प्र-०३-००१ प ०६१५ नम्बरको तेल ट्याङ्करले ठक्करपछि झण्डै ५० मिटरसम्म घिसार्दा माेटरसाइकल पछाडि बसेकी काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका ३९ वर्षीया उर्मिला कार्की गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्धार गरी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घाेषणा गरेका थिए । शवलाईलाई पाेष्टर्माटमका लागि टिचिङ हस्पिटल महाराजगञ्ज पुर्याइएकाे छ ।
कार्की तेमाल गापा- स्थित कालीदेवी प्रा.वि. की प्रधानाध्यापिका रहेकाे खुलेकाे छ । उनकाे घर दाेलखा रहेकाे र दाेलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि रहेकी थिइन् । माेटर साइकल चालक उनका श्रीमान देवराज कँडेल गम्भीर घाइते अवस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना दुवै सवारी साधन भक्तपुरतर्फ गइरहेका बेला अपरान्ह सवा १ बजेतिर भएकाे थियाे । दुर्घटनास्थलमा बग्नुका साथै मासुका टुक्रा छरिएका प्रत्यक्षदर्शीहरूले बताएका थिए । प्रहरीले जारकाे पानी सहयताले सडक पखालेर सवारी साधन आवागमन सुचारू बनाएकाे थियाे ।
मृतक कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । ठक्कर दिने तेल ट्यांकरलाई प्रहरी प्रभाग काेटेश्वरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।