भोटेकोशी बिपद र विश्व “जलवायु न्याय”को सवाल!- सिपि कडरिया,केन्द्रिय सदस्य-नेकपा

भोटेकोशी बिपद र विश्व “जलवायु न्याय”को सवाल!- सिपि कडरिया,केन्द्रिय सदस्य-नेकपा

  • आइतवार, भदौ २१, २०८३
  • सिपि कडरिया,केन्द्रिय सदस्य-नेकपा

  • 3.5K
    SHARES

भोटेकोशी बाढी पिडित क्षेत्रमा उद्दार र राहतको लागि सबै क्षेत्रबाट पहल भैरहेको छ।यस क्रममा सरकारको तर्फबाट अपेक्षाकृत तदारुकता र अविभावकत्व सुरुमा नदेखिएपनी पछिल्लोचरणको पहल लाई सकारात्मक रुपमा लिनु पर्दछ।तर भोटेकोशी बिपदलाई राष्ट्रिय र स्थानिय आयामको रुपम मात्र बुझ्ने गल्ती भैरहेको छ सरकारबाट। यो र यस्तो खालको बिपदलाई तात्कालिन,ज्वलन्त समाधानको कोण बाट पनि हेर्नू त पर्दछ तर यसको दिर्घकालिन र रणनीतिक पक्ष र पहल लाई भने भुल्नुहुदैन र यति मात्र होईन।किन कि यो “विश्व जलवायु न्याय” सङ्ग सम्बन्धित गम्भीर सवाल हो।
नेपाल जस्तो अत्यन्तै कम कार्वन उत्सर्जन गर्ने तर निरन्तर बढि अन्यायमा परिरहने मुलुकको लागि यो निकै महत्वपूर्ण सवाल र आजको यक्ष प्रश्न हो।
नेपाल सरकारको जलवायु कार्यक्रमको प्रोफाइलमा नेपाल चौथो स्थानमा र Climate risk index( जलवायु जोखिम सूचकाङ्क)मा बिश्वको ६औं प्रभावित देश को रुपमा रहेको छ।
जलवायु परिवर्तनको यो प्रभावलाई सम्बोधन नगरे सन् २०५० सम्ममा नेपालको जीडीपी खुम्चेर ७%मा आउन सक्ने वर्ल्ड बैंकको दाबी छ।
यसर्थ विश्वमा सकबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने र जलवायु प्रभावित गर्ने ठुला देशहरुले अल्पविकसित र कम कार्बन उत्सर्जन गर्ने तर बढी क्षति बेहोरिरहेका मुलुकहरुलाई जलवायु न्यायको चस्माले हेर्नुपर्छ र सोही अनुरुप आफ्नो व्यवहार प्रदर्शन,नीति निर्माण र सोही अनुरुप दायित्व लिनुपर्दछ। अल्पविकसित र कम कार्बन उत्सर्जन गर्ने तर बढी जोखिमको सामना गरिरहेका मुलुकहरूलाई त्यससँग जुध्न आवश्यक वित्तीय सहयोग उपलब्ध गर्नु/गराउनु जलवायु न्यायको मौलिक र महत्त्वपूर्ण पक्ष हो। यसको लागि विश्वव्यापी समन्वय र पहलकदमीको खाँचो छ। यसलाई सरकारले बेलैमा परिपक्वताका साथ ह्यान्डल गर्न जरुरी छ।
ऐतिहासिक हिसाबले कार्बन उत्सर्जन तथ्यांकलाई अध्यायन गर्ने हो भने अमेरिका-करिब 25%; चीन-करिब 15%; रूस-करिब 6–7%; जर्मनी-करिब 5%; बेलायत-करिब 4%; भारत-करिब 4%; नेपाल-अत्यन्त नगण्य—करिब 0.01% रहेको छ।साथै प्रतिव्यक्ति कार्बन उत्सर्जन तथ्यांकलाई हेर्ने हो भने अमेरिका-13.6 टन; चीन-9.1 टन;भारत-2.2 टन; नेपालकरिब- 0.6 टनभन्दा कम रहेको छ।
यसरि हेर्दा तात्कालिन हिसाबले चीन सबैभन्दा ठूलो उत्सर्जकको रुपमा रहेको छ भने ऐतिहासिक र समग्र हिसाबले अमेरिका ले बिश्वको एक चौथाई कार्बन उत्सर्जन गरिरहेको कुरा तथ्याहरु बाट स्पष्ट हुन्छ।
अत भोटेकोशी बाढी यसले निम्त्याएको विपद एबम अन्य अघिपछिका विपदहरुलाई स्थानीय र राष्ट्रिय चश्माले मात्रै हेर्नु गल्ती हुन्छ।स्थानीय चस्माले हेर्नुपर्छ र पहल पनि लिनुपर्छ ।यो विपतले ल्याएको जलन्त समस्यामा निर्णायक पहल लिनु जरुरी पनि हुन्छ। तर यसको अन्तर्राष्ट्रिय आयाम र अन्तर्राष्ट्रिय पहल कदमीलाई पनि उत्तिकै सुझबुझका साथ सङ्गसङ्गै एउटै एक्सिस मा अघि बढाउनुपर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी