नेपाल लाइफको तानाशाही: याक एन्ड यतिबाट अभिकर्ता नेताहरू पक्राउ, बीमितको बोनस घटाएर विरोध दबाउने प्रपञ्च

नेपाल लाइफको तानाशाही: याक एन्ड यतिबाट अभिकर्ता नेताहरू पक्राउ, बीमितको बोनस घटाएर विरोध दबाउने प्रपञ्च

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाडौँ, ३ भदौ ।
नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको हक-हितका लागि आवाज उठाउने आधिकारिक ट्रेड युनियनका नेतृत्वमाथि चरम दमन र दुर्व्यवहार सुरु गरेको छ।

होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम स्थलबाटै प्रहरीको बल प्रयोग गरी नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ (नेपाल लाइफ केन्द्रीय समिति) का अध्यक्ष कृष्ण आचार्य र इमाडोल शाखाका अध्यक्ष शुभचन्द्र शाहलाई पक्राउ गराइएको छ। आधिकारिक संस्था र यसका नेतृत्वलाई नियोजित रूपमा पक्राउ गराएपछि नेपाल लाइफको नियत र सिङ्गो व्यावसायिक भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ।

बीमितको पैसामा मात र सम्झौता विपरीत बोनस कटौती

कम्पनीले हिजोका दिनमा आकर्षक बोनस दरको आश्वासन दिएर बीमा गराउने, तर समयक्रममा बीमितलाई थाहै नदिई सोही बोनस दरमा भारी कटौती गर्ने चालबाजी गरेपछि हजारौँ बीमितहरू प्रत्यक्ष मारमा परेका छन्। आफ्नो भविष्य सुरक्षित हुने, बुढेसकालको सहारा बन्ने र कठिन समयमा उचित प्रतिफल पाइने विश्वासका साथ नागरिकहरूले गाँस काटेर बीमाको प्रिमियम तिर्दै आएका हुन्।

कम्पनीले बीमा पोलिसी बिक्री गर्दा देखाइएको बोनस दर र हाल उपलब्ध गराइएको बोनस दरमा व्यापक अन्तर देखिएको छ। सम्झौताको मर्मविपरीत गरिएको यो बोनस कटौतीले ग्राहकको विश्वासमाथि कुठाराघात त गरेकै छ, साथै कम्पनीको सेवाको गुणस्तर पनि दिनप्रतिदिन खस्कँदै गएको छ। दाबी भुक्तानीमा ढिलासुस्ती, शाखाहरूबाट पाइने फितलो सेवा र बीमितका समस्याप्रति व्यवस्थापनको गैरजिम्मेवारपनले नेपाल लाइफको व्यावसायिक धरातल नै कमजोर बनाएको छ।

बीमितको अधिकार खोसेर सङ्कलित अर्बौँ रुपैयाँको मातमा मात्तिएको कम्पनी व्यवस्थापन भने तडकभडक र प्रायोजित प्रचारप्रसारमा सीमित बनेको छ। बीमितको प्रतिफल काटेर सञ्चालक र उच्च व्यवस्थापनको सेवासुविधा बढाउने खेलमा लागेको कम्पनीले बोनस दर वृद्धिको माग राख्ने र सेवाको घट्दो गुणस्तरविरुद्ध आवाज उठाउने अभिकर्ताहरूमाथि निरन्तर आक्रामक र दमनकारी रवैया अपनाउँदै आएको छ।

अवैधानिक रूपमा बाइपास र संस्थागत मान्यता अस्वीकार
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग बबरमहलमा ट्रेड युनियन ऐन २०४९ (पहिलो संशोधन २०५५) को दफा ४ को उपदफा (१) बमोजिम मिति २०८२ फागुन ४ गते कानूनी रूपमा दर्ता भएको नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ (दर्ता नम्बर ५९३) बीमित र अभिकर्ताको आधिकारिक प्रतिनिधिमूलक संस्था हो।

तर, आफ्ना गलत धन्दाको पर्दाफास हुने डरले नेपाल लाइफले यो वैधानिक संस्थालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ। सङ्घले उठाएका बोनस वृद्धि र सुधारका मागहरूलाई पूर्ण रूपमा उपेक्षा गर्दै, संस्थालाई बाइपास गरेर तडकभडकपूर्ण कार्यक्रम अगाडि बढाउन खोजेपछि अभिकर्ताहरूले शान्तिपूर्ण विरोध जनाएका थिए।

“कम्पनीको मुख्य मेरुदण्ड भनेकै बीमित र अभिकर्ता हुन्। तर, बीमितको अधिकार खोसेर र कानूनी रूपमा दर्ता भएको अभिकर्ताहरूको संस्थालाई वेवास्ता गरेर कम्पनी अगाडि बढ्न खोज्नु चरम तानाशाही हो,” आन्दोलित अभिकर्ताहरू बताउँछन्। आधिकारिक संस्थासँग वार्ता र संवादमार्फत समस्याको समाधान खोज्नुको सट्टा सङ्घलाई बाइपास गरेर कार्यक्रमहरू सञ्चालन गर्न खोजिएपछि अभिकर्ताहरूको आक्रोश झनै चुलिएको छ।

प्रहरी प्रशासनको दुरुपयोग र आन्दोलन थप चर्कने चेतावनी
वार्ता र संवादमार्फत बोनस दरका समस्या समाधान गर्नुको सट्टा, आफ्नै मेरुदण्ड मानिने अभिकर्ता र तिनका निर्वाचित अध्यक्षहरूलाई कार्यक्रम स्थलबाटै प्रहरी लगाएर पक्राउ गराउनुले नेपाल लाइफको गिद्धे नजर र तानाशाही चरित्रलाई उदाङ्गो पारेको छ।

“बीमितको बोनस दर बढाउन माग गर्दा पक्राउ गराउनु कम्पनीको चरम अकुशलता र अधिनायकवाद हो। बीमितको पैसामा भइरहेको यो मनपरी र अभिकर्तामाथिको दमनविरुद्धको आन्दोलन अब अझ सशक्त र निर्णायक हुनेछ,” आन्दोलित अभिकर्ताहरूले बताएका छन्।

कम्पनीले तत्काल पक्राउ परेका नेतृत्वलाई निशर्त रिहा नगरेमा, बोनस दर वृद्धि नगरेमा र आधिकारिक सङ्घको अस्तित्व स्वीकार गरी संवादमा नआएमा उत्पन्न हुने जुनसुकै जटिल परिस्थितिको जिम्मेवार नेपाल लाइफ इन्स्योरेन्स स्वयं हुने चेतावनी दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी