मिस नेवाः नेपालअर्न्तगतको ट्यालेन्ट शो सम्पन्न

मिस नेवाः नेपालअर्न्तगतको ट्यालेन्ट शो सम्पन्न

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडाैँ, १७ साउन । नेपलिज फेसन होमले हरेक वर्षझैँ यस वर्ष पनि राजधानीमा आयोजना गर्न लागेको नेपाल टेलिकम मिस नेवाः नेपालअर्न्तगतको ट्यालेन्ट शो गौशालाको पशुपति भिजनस्थित होटल पौवामा सम्पन्न भएको छ।
१९औँ संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शोमा १७ जना सहभागीले आफुमा अर्न्तनिहीत विभिन्न सिर्जनात्मक प्रतिभा प्रदर्शन गरेका थिए। प्रतिस्पर्धीहरूले नेवारी गीतमा नृत्य, गायन, चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य तथा वक्तृत्वकलालगायत विविध प्रतिभा प्रस्तुत गर्दै निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा अधिकांश प्रतिस्पर्धीले नेवारी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा सारिका महर्जन, तिसा शाक्य, निश्ला महर्जन, हिमानी प्रधान, प्रिस्टिन अवाले, रेजिना बज्राचार्य, दुर्गा देउला, सबनम शाक्य, सोनिया महर्जन, दृष्टि महर्जन, कल्शा अवाले, मिकिशा महर्जन, जेस्सिका श्रेष्ठ, करुणा चक्रधर, शिक्षा महर्जन, अनुस्का नकर्मी र लक्की महर्जन सहभागी छन्।
नेपालिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष एवं मिस नेवाः की आयोजक हेमा मानन्धरको सभापतित्व, प्रोफेसर डा. बिमला शाक्यको प्रमुख आतिथ्यता तथा मिस नेवाः नेपा ११४५ प्रलिशा शाक्य, नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाकी महासचिव प्रोफेसर दिव्यालक्ष्मी बज्राचार्य, मिस नेवःा ११४५ सेकेन्ड रनर्सअप लुमना महर्जन, मिस नेवा : ११४५ मिस ट्यालेन्ट श्रद्धा महर्जन, मिस लिटिल नेवाः मिस ट्यालेन्ट ११४१ नयना शाक्य र मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोबाट मिस नेवाः मिस ट्यालेन्ट छानिने आयोजकले जनाएका छन्। आयोजकका अनुसार यो उपाधिको विजेताको घोषणा मिस नेवाः नेपालको अन्तिम स्पर्धाको दिन आगामी भदौ ६ गते गरिनेछ।
ट्यालेन्ट शोको निर्णायक मण्डलमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका उप–प्राचार्य जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, सञ्चारकर्मी, प्राध्यापक, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्व अध्यक्ष अनिल स्थापित तथा नृत्य प्रशिक्षक गंगा महर्जन रहेका थिए।
कार्यक्रममा अध्यक्ष हेमा मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै नेवारी भाषा, कला, परम्परा, संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तामा हस्तानरणका लागि मिस नेवाः आयोजना गरिँदै आएको बताइन्। फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जन सह–आयोजक रहेको ट्यालेन्ट शो सकिना महर्जन, प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी र कृषा महर्जनको प्रमुख संयोजनमा सम्पन्न भएको थियो।
आगामी भदौ ६ गते अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा नेवा सकिना महर्जन, मिस नेवा प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन र मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी