९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ, २८ भदौः सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो ।

चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपश्चात् ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको समितिले जनाएको छ । यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तरराष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी