नेप्से परिसूचक झिनो अङ्कले घट्यो

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, ३ भदौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर दुई हजार ६२२ दशमलव २२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अङ्कले घटेर १७९ दशमलव ९५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने आज स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ ।

विभिन्न कम्पनीका ९५ लाख आठ हजार ८८२ कित्ता सेयर रु तीन अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १११ कम्पनीको शेयर बढ्यो भने १४९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १८ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी, आइसिएफसी डिबेञ्चर, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी