Mirmire Online

Advertisment

SKIP THIS

कविता-    दुर्गी

कविता-    दुर्गी

  • मङ्लबार, साउन १९, २०८३
  • –प्रकाशचन्द्र खतिवडा

  • 19.5K
    SHARES

हुस्सुले ढाकेको एउटा दिन
सिरेटोले दपेटेको मौन जिन्दगी
मुखियाको विभेदकारी दलानमा बसेर
दुर्गी जीवन तुनि रहेकी छे
सियो धागोसंग अभ्यस्त बन्दै
मुखिया मुखिनीको मुहार हसाउँन ।

जति जिन्दगी तुने पनि
तुनिएन फाटेको आङ
बुनिएन जीवनको गुँड
मुखमा हाल्ने माड नभेटिएरै
वैंश ओरालो लाग्यो
दुर्गीको खसम नेत्र
दृष्टिविहीन छ
उसको उज्यालो हेर्ने रहर
अधुरै रह्यो
दुर्गीले संघर्ष नगरेकी हैन
दुर्गीकोे जीवन संघर्ष
इतिहासले चिनेन
पानीको फोका फुटे जसरी
फुटाइयो उसको जीवनको सपना ।

निरक्षर दुर्गी
नियतिले चुटेको पत्तै नपाई
असमानताको लिस्नो उक्लदै ओर्लदै
निराशालाई पैतालाले कुल्चिएर
जीवनको परिभाषा खोजि रहेकी छे
जीवन कसरी बाँच्नु पर्छ ?
जीवन संगै प्रश्न गरिरहेकी छे ।

अविश्रान्त उर्जा बोकेर
छुतहरुको आँखाको कसिङ्गर बन्दै
सामाजिक बन्धन चुँडाल्ने साहस गर्नु पथ्र्यो
विद्रोह गर्न नसक्दा
जिन्दगीलाई पूर्व जन्मको फल ठान्दै
दुर्गी अवोला भगवानसंग प्रश्न गर्छे
भगवान तिम्रो न्याय कता हरायो ?
अक्सर मान्छे
मान्छेलाई किन डस्छ ?

श्रम लुटेर
पसिना चुसिन्छ
सिप चलाइन्छ
चलाइदैन पानी
रगत रातै छ
दुर्गीको सपना प्रति किन बेइमानी गरिन्छ ?

म पढि रहेछु
दुर्गीको जिन्दगी
दुर्गी, आन्दोलनको नारा हो
दुर्गी, क्रान्तिको नायिका हो
दुर्गी
प्रसव पीडाले छटपटिदै
भष्मासुर जन्माउ
अनि भष्म पार्न लगाउ
कथित उपल्लो जातका शिरहरु
र गीत गाउ
मुक्त आकाशको ।

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी