गोपाल तिमल्सिनाको हास्यव्यङ्ग्यात्मक प्रस्तुति ‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक

गोपाल तिमल्सिनाको हास्यव्यङ्ग्यात्मक प्रस्तुति ‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ। लोक गायक तथा युवा कलाकार गोपाल तिमल्सिनाको नयाँ गाईजात्रे हास्यव्यङ्ग्य प्रस्तुति ‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक भएको छ। नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति तथा समसामयिक राजनीतिक एवम् सामाजिक घटनाक्रमलाई मनोरञ्जनात्मक र प्रहसन शैलीमा प्रस्तुत गरिएको यो सामग्रीले अहिले दर्शकको राम्रो ध्यानाकर्षण गरिरहेको छ।

कलाकार तिमल्सिनाले यो वर्षको गाईजात्रा आफ्नै आधिकारिक युट्युब च्यानल ‘Gopal Timalsina’ मार्फत बजारमा ल्याएका हुन्। लामो समयदेखि कला र संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल उनले विगतका वर्षहरू झैँ यस वर्ष पनि गाईजात्राको परम्परालाई निरन्तरता दिएका छन्।

तीखो व्यङ्ग्य र मनोरञ्जनको बेजोड मिश्रण रहेको यस प्रस्तुतिलाई दर्शक तथा श्रोताहरूले मन पराएका छन्। सामाजिक सञ्जाल तथा युट्युबमा यो गाईजात्रा प्रस्तुतिको अहिले निकै चर्चा भइरहेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी