विदेशमा बाँच्नु पर्या छ, तिमी बिना बाँच्नु पर्या छ ।गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हजारौं हजार गीत गाएर सङ्गीत क्षेत्रमा अलग्गै नाम कमाएका चर्चित गायक एवं पद्मभूषणबाट सम्मानित गायक उदित नारायण झा र दिपा नारायण झाको युगल स्वरमा रहेको गीतको म्युजिक भिडियो मेला डिजिटलबाट सार्वजनिक भएको हो । विदेशमा रहेर देश, गाउँ घर र मायालुको सम्झनामा प्रस्तुत गीतको म्युजिक भिडियोले हरेक नेपालीको मन मुटुमा अलग्गै पहिचान बनाउन सफल हुनेछ ।
गीतका सर्जक भाषा साहित्य र कलाप्रति समर्पित रहेर विगत चार दशकभन्दा बढी नेपाली साहित्य, कलाको विकासमा आफ्नो जीवन खर्चनु भएका विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ उहाँ द्वारा सृजना गरिएको हजारौं गीतहरू मध्यको एउटा गीत हो । उहाँका कविता, गीत, उपन्यास, कथा, लधुकथा, हाइकु, तान्का, मुक्तक, नाटक लगायत तीन दर्जन कृति प्रकाशित रहेका छन् ।
गीतले खोजे जस्तो म्युजिक भिडियोमा विदेशमा रहेर स्वदेशमा आफ्नो देशको माया र मायालुप्रति लेखिएको फरक शैलीमा देश र मायालुप्रति प्रेम देखाएको छ ।सार्वजनिक म्युजिक भिडियोमा गीत, सङ्गीतप्रति माया गर्ने र विदेशमा रहेर स्वदेशको सम्झना शब्द शब्दमा रहेको गीतले सबैको मनोरञ्जन र देशबाट टाढा भएका सबैको मन मुटुमा यो गीतले बास गर्ने छ । गीतको सङ्गीत सङ्गीतकार सन्तोष राज सहानीको रहेको छ भने म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेको हो । मेला डिजिटलको च्यानलबाट गीत सार्वजनिक गरिएको छ अभिनयमा दृष्य सुवेदी, रजनी के. सि, अप्सन राणाको अभिनय रहेको छ ।