फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेपछि संकटकालको तयारी, कर्फ्यू लगाइने

फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेपछि संकटकालको तयारी, कर्फ्यू लगाइने

  • मङ्लबार, कार्तिक ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

कदम चाल्ने तयारी गरेको छ। देशका विभिन्न भागमा अवस्था नियन्त्रणमा लिन आवश्यकताअनुसार नयाँ कर्फ्यू लगाइने फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नु (Sebastien Lecornu) ले घोषणा गर्नुभएको छ।

मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री लेकोर्नुले स्थानीय अधिकारीहरू र मेयरहरूले आ-आफ्नो क्षेत्रको वस्तुस्थिति हेरेर कफर््यु लगाउने वा नलगाउने निर्णय गर्न सक्ने बताउनुभएको छ।

शनिबारको प्रदर्शनमा व्यापक हिंसा र तोडफोड
गत शनिबार फ्रान्सभर राम्रो शिक्षा र जीवनयापनको माग गर्दै विद्यार्थी तथा सर्वसाधारणसहित आधा मिलियन (पाँच लाख) भन्दा बढी मानिस सडकमा उत्रिएका थिए। शान्तिपूर्ण भनिएको सो प्रदर्शनले उग्र रूप लिँदा फ्रान्सका विभिन्न स्थानमा लुटपाट, तोडफोड र आगजनीका घटना भएका थिए। उक्त झडपका क्रममा प्रहरीले २ हजार ५ सयभन्दा बढी मानिसलाई पक्राउ गरेको छ।

यद्यपि, सोमबार रातिको समयमा भने देशका कुनै पनि भागमा ठूला हिंसात्मक घटना नभएको प्रहरीले पुष्टि गरेको छ।

अनलाइनमा लुटिएका सामान बिक्रीप्रति सरकारको चेतावनी
अवस्थालाई थप बिग्रन नदिन सरकारले विभिन्न उच्चस्तरीय बैठकहरू आयोजना गरेको छ। फ्रान्सका डिजिटल मन्त्री एन्ने ले हेनान्फ (Anne Le Henanff) ले मंगलबार सामाजिक सञ्जालका प्रबन्धकहरूसँग भेटवार्ता गर्दै प्रदर्शनका क्रममा लुटिएका सामानहरू अनलाइनमार्फत बिक्री भइरहेकाले त्यस्ता विज्ञापन र पोष्टहरू तत्काल हटाउन आग्रह गर्नुभएको छ।

राजनीतिक सरगर्मी र आगामी चुनाव
यसैबीच, आगामी शनिबार फेरि नयाँ प्रदर्शनको आह्वान गरिएको छ। तर, फ्रान्सका मुख्य ट्रेड युनियनहरूले भने यो प्रदर्शनलाई समर्थन गरेका छैनन्। युनियनका अधिकारीहरूसँग प्रधानमन्त्री लेकोर्नुले बुधबार छलफल गर्ने कार्यक्रम छ भने बिहीबार विभिन्न राजनीतिक दलका नेताहरूसँग वार्ता गर्ने तय भएको छ।

आगामी वर्षको अप्रिल र मे महिनामा फ्रान्समा राष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति इमानुएल माख्रोंले दुई कार्यकालको कानुनी सीमाका कारण पुनः उम्मेदवारी दिन पाउनुहुने छैन। हालको जनमत सर्वेक्षणमा दक्षिणपन्थी नेतृ मारिन पेन (Marine Le Pen) अग्रस्थानमा छिन् भने अति-वामपन्थी उम्मेदवार जाँ-लुक मेलान्चों (Jean-Luc Melenchon) दोस्रो स्थानमा छन्। माख्रों सरकारको नीतिकै कारण विद्यार्थीहरूको अवस्था दयनीय बनेको भन्दै फ्रान्सेली विद्यार्थी युनियनकी प्रवक्ता एलिस कोहेन-मोर्जादेकले सरकारको चर्को आलोचना गरेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ