प्रसाईको कृति लोकार्पण

प्रसाईको कृति लोकार्पण

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ। महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोह बीच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गर्नुभयो ।

त्यस अवसरमा उहाँले ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ भन्नुभयो ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा.भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गर्नुभयो ।

‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ ओैँ कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ ओैँ कृति हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ