साउदी अरेबियामाथि हुती विद्रोहीको निरन्तर आक्रमण: दम्माम विमानस्थल र अरामको तेल सुविधामा हमला हुँदा ३ को मृत्यु

साउदी अरेबियामाथि हुती विद्रोहीको निरन्तर आक्रमण: दम्माम विमानस्थल र अरामको तेल सुविधामा हमला हुँदा ३ को मृत्यु

  • बिहिबार, कार्तिक ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

साउदी अरेबियाको पूर्वी क्षेत्रमा अवस्थित दम्मामस्थित विमानस्थल र साउदी अरामकोको तेल सुविधा केन्द्रमा भएका शृङ्खलाबद्ध ड्रोन आक्रमणमा परि ३ जनाको मृत्यु भएको छ भने १ जना भारतीय नागरिकसहित १० जना घाइते भएका छन्।

साउदी अधिकारीहरूका अनुसार, बुधबार र बिहीबारको मध्यरातमा दम्माम सहरस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण हुँदा १ जनाको ज्यान गएको छ। साउदी नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बयानमा यस आक्रमणबाट अन्य ८ जना घाइते भएको उल्लेख छ। यद्यपि आक्रमण कसले गराएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन, तर पछिल्लो समय यमनका हुती विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थलहरूलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएका छन्। घटनामा घाइते भएकाहरूको सामान्यदेखि गम्भीरसम्मको चोटपटक लागेको र विमानस्थलमा भएको भौतिक क्षतिको मूल्याङ्कन भइरहेको प्राधिकरणले जनाएको छ। हालसम्म इरान समर्थित हुती समूहले भने यस आक्रमणमाथि कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच, यसअघि बुधबार नै साउदी अरेबियाको ऊर्जा मन्त्रालयले साउदी अरामकोको शायबाह तेल क्षेत्रमा खसालिएको एक ड्रोनको भग्नावशेष लाग्दा अन्य २ जनाको मृत्यु भएको जानकारी दिएको थियो। मन्त्रालयका अनुसार मारिनेहरूमा एक नेपाली नागरिक र एक फिलिपिन्सका नागरिक रहेका छन्। उक्त घटनामा परी दुईजना घाइते भएका छन्, जसमा एक भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन्। ड्रोनको भग्नावशेष खस्दा शायबाह तेल क्षेत्रमा कार्यरत एक ठेकेदारको गाडीमा समेत आगलागी भएको थियो।

यमनमा वैधानिक सरकार पुनर्स्थापनाका लागि सक्रिय साउदी नेतृत्वको गठबन्धन सेनाले यस क्रममा कुल ७ वटा ड्रोन खसालेको दाबी गरेको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै साउदी अरेबियातर्फ प्रहार गरिएका ड्रोनहरू पूर्वी प्रान्त र मदिना क्षेत्रमा रोकिएको जानकारी दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ