नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निरबहादुर विश्वकर्मा (विमल धमला) ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निरबहादुर विश्वकर्मा (विमल धमला) ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका महासचिव निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तीन दशकदेखि कांग्रेस राजनीतिमा निरन्तर सक्रिय धमलाले दलित क्लस्टरबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्न लागेका हुन्।

धमला कांग्रेसको १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन्। यसअघि नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ पाँचथर शाखाको तीन कार्यकाल केन्द्रीय सदस्य तथा नेपाल दलित सङ्घको जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका उनी हाल नेपाल दलित सङ्घको आमन्त्रित केन्द्रीय सदस्य छन्। साथै, उनी २०७६ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।

व्यावसायिक रूपमा सुनचाँदी व्यवसायीहरूको हकहितका लागि सक्रिय रहँदै आएका धमलाले पार्टीको संस्थागत आधारलाई थप सुदृढ बनाउन उम्मेदवारी दिन लागेको बताएका छन्। “कांग्रेस अब पहिलेको जस्तो रहँदैन। पार्टीलाई नयाँ ढङ्गले बलियो बनाउन र दलित तथा उत्पीडित समुदायको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउन मेरो उम्मेदवारी रहनेछ,” उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ