नेपाली कांग्रेस १५औँ महाधिवेशन: पदाधिकारीका पदमा ३० जनाको मनोनयन दर्ता, शर्मा र भुसाल निर्विरोध

नेपाली कांग्रेस १५औँ महाधिवेशन: पदाधिकारीका पदमा ३० जनाको मनोनयन दर्ता, शर्मा र भुसाल निर्विरोध

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

२० असोज, २०८३ (६ अक्टोबर, २०२६)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मङ्गलबार विभिन्न पदाधिकारी पदमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा स्थापना गरिएको केन्द्रीय निर्वाचन कार्यालयमा मुख्य पदहरूका लागि मनोनयन पत्र दर्ता गराउने प्रक्रिया सम्पन्न भएको हो।

सबैभन्दा उच्च पद सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर गरी तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ। गगन थापाले मङ्गलबार साँझ राष्ट्रिय सभागृह पुगेर आफ्नो मनोनयनपत्र बुझाउनुभएको हो।

यसैगरी विधान संशोधनपछि पहिलो पटक राखिएको वरिष्ठ उपसभापति पदमा पूर्वमहामन्त्री विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। महिला उपसभापति पदमा पनि नेत्री पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले पुष्टि गरेको छ।

अन्य पदाधिकारी पदहरूतर्फ खुला उपसभापतिमा ९ जना र समावेशी उपसभापतिमा ५ जनाको उम्मेदवारी परेको छ। खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव मैदानमा उत्रिनुभएको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्णको मनोनयन परेको छ।

महामन्त्री खुलातर्फ ८ जनाको उम्मेदवारी परेको छ, जसमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय हुनुहुन्छ। महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी तीन जनाको उम्मेदवारी परेको छ।

राष्ट्रिय सभागृहमा सम्पन्न उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले आवश्यक फारम, प्रस्तावक-समर्थक, शुल्क बुझाएको भौचर र महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र अनिवार्य गरेको थियो। यस पटक विधान परिमार्जनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित कुल २९७ सदस्यीय हुने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ