खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

मुस्ताङ, २० असोजः अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।

लमजुङको बँेसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताउनुभयो ।

असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।

अक्टोबरदेखि नोभेम्बरसम्म पर्यटकले साहसिक पदयात्रा गर्ने उपयुक्त स्थान थोरङला पासनै हो । मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ ।

विश्वकै प्रख्यात पदमार्गको रुपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँछन् । मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ आउन पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ