इनड्राइभद्वारा दशैं-तिहार विशेष ‘सुनको सवारी’ क्याम्पेन सुरु, सुनका सिक्कादेखि स्मार्ट टिभी जित्ने अवसर

इनड्राइभद्वारा दशैं-तिहार विशेष ‘सुनको सवारी’ क्याम्पेन सुरु, सुनका सिक्कादेखि स्मार्ट टिभी जित्ने अवसर

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालीहरूको महान् चाड दशैं-तिहारको अवसर पारेर यात्रुहरूका लागि ‘सुनको सवारी’ नामक विशेष चाडपर्व क्याम्पेन सुरु गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ (६ हप्ता) सम्म सञ्चालन हुने यस क्याम्पेनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड्स पूरा गरी ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच लगायतका आकर्षक उपहारहरू जित्न सक्नेछन्।

चाडपर्वको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट र टीकाका कारण यात्राको आवश्यकता बढ्ने भएकाले यात्रुहरूको दैनिक यात्रालाई अझ उत्साहपूर्ण बनाउने उद्देश्यले यो क्याम्पेन ल्याइएको इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले बताउनुभयो।

कसरी सहभागी हुने र पुरस्कारका व्यवस्था: क्याम्पेन अवधिभर यात्रुहरूले साप्ताहिक रूपमा पूरा गर्ने राइड्सको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुन सक्नेछन्:

  • ५ ग्राम सुनको सिक्का: हप्तामा ५ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू।

  • ३२ इन्च सामसुङ स्मार्ट टिभी: हप्तामा ३ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू।

  • स्मार्टवाच: कम्तीमा १ वटा राइड पूरा गर्ने यात्रुहरू।

६ हप्ताको यो अवधिमा इनड्राइभले कुल ६ वटा ५ ग्रामका सुनका सिक्का, ६ वटा ३२ इन्च सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच प्रदान गर्नेछ। विजेताहरूको घोषणा इनड्राइभका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत गरिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ