कामना सेवा विकास बैंकद्वारा उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

  • शनिबार, अशोज १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

उर्लाबारी : कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकहरूलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ। सडक सुरक्षा प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वय रहेको थियो।

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले सफारी चालकहरूलाई उक्त ज्याकेट हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, प्रशासकीय अधिकृत तथा प्रहरी कार्यालयका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो।

दैनिक रूपमा यात्रु ओसारपसार गर्ने सफारी चालकहरूको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राख्दै यो कार्यक्रम गरिएको बैंकले जनाएको छ। विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने बेलामा यस ज्याकेटको प्रयोगले चालकहरू सडकमा स्पष्ट रूपमा देखिने र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि समुदायको आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय साक्षरता, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ