जगदम्बा मोटर्सद्वारा नयाँ TVS Raider 125 Single Seat नेपालमा सार्वजनिक, मूल्य रु. २,७९,९००

जगदम्बा मोटर्सद्वारा नयाँ TVS Raider 125 Single Seat नेपालमा सार्वजनिक, मूल्य रु. २,७९,९००

  • सोमवार, अशोज १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौं  ।   TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नेपाली बजारमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक गरेको छ। यस नयाँ मोडलको आगमनसँगै नेपालमा TVS Raider पोर्टफोलियो थप विस्तार भएको छ।

काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रमबीच जगदम्बा मोटर्स प्रा. लि. की अध्यक्ष दीपा अग्रवाल, उपाध्यक्ष दीपक रौनियार, तथा चर्चित क्यारिकेचर कलाकारहरू कर्मा लामा र निश्छल अर्यालले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूको उपस्थितिमा उक्त मोटरसाइकल सार्वजनिक गर्नुभएको हो।

नयाँ TVS Raider 125 Single Seat को मूल्य रु. २,७९,९०० तोकिएको छ। यसले Raider को परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आरामदायी तथा व्यावहारिक single-seat configuration सँग जोडेको छ। विशेषगरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई समान महत्त्व दिने युवा राइडरलाई लक्षित गर्दै यो मोडल बजारमा ल्याइएको हो। थप आराम र सहजता
नयाँ single-seat configuration ले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि थप निरन्तर, फराकिलो र सहज seating area प्रदान गर्दछ।

यसले दैनिक सवारी, लामो दूरीको यात्रा तथा परिवारसँगको आवतजावतमा थप लचिलोपन (flexibility) प्रदान गर्नेछ। मोटरसाइकलमा १२४.८ सीसी इन्जिन, ५-स्पीड गियरबक्स, रिभर्स एलसीडी डिजिटल डिस्प्ले, एलइडी लाइटिङ, मोनोशक सस्पेन्सन र युएसबी चार्जिङजस्ता आधुनिक फिचरहरू समावेश गरिएका छन्।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी अध्यक्ष श्रीमती दीपा अग्रवालले TVS Raider ले आफ्नो आकर्षक डिजाइन र प्रविधिमार्फत युवा राइडरहरूसँग बलियो सम्बन्ध स्थापित गरेको बताउँदै नयाँ Single Seat भेरियन्टले राइडरहरूलाई थप आराम र दैनिक प्रयोगको सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, कम्पनीका उपाध्यक्ष श्री दीपक रौनियारले रु. २,७९,९०० को मूल्यमा आएको यो नयाँ मोडलले नेपाली ग्राहकहरूलाई Raider अनुभव गर्ने थप आकर्षक विकल्प दिने उल्लेख गर्नुभयो। नयाँ TVS Raider 125 Single Seat नेपालभर रहेका आधिकारिक TVS बिक्री केन्द्रहरूबाट उपलब्ध हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ