काठमाडौं। सनभरीस्थित स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर (Rushka’s Beauty Studio) र क्रेथ बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्यसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
उक्त समझदारी पत्र (MOU) मा स्कुल अफ ब्युटिसियनका तर्फबाट मुख्य कार्यकारी अधिकृत रुस्मा वैद्य श्रेष्ठ र क्रेथ बैंकको तर्फबाट चिफ पिपुल अफिसर (CPO) आभुति श्रेष्ठ श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सम्झौता समारोहमा क्रेथ बैंकका तर्फबाट सनभरी शाखाकी अधिकृत रमा गुरुङ तथा स्कुल अफ ब्युटिसियनका तर्फबाट प्रबन्ध निर्देशक रवि श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
सम्झौताअनुसार क्रेथ बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त ब्युटी स्टुडियोबाट कपाल काट्ने (Hair cutting), थ्रेडिङ (Threading), ब्युटीसम्बन्धी कक्षा, हेयर केमिकल, फेशियल तथा स्किन ट्रिटमेन्ट, नङसम्बन्धी म्यानिक्योर/पेडीक्योर, वैक्सिङ, मेकअप प्याकेज र कस्मेटिक/स्किन केयर उत्पादनहरू लिँदा ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बैंकका कर्मचारीहरूले भने ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।
उक्त छुट सुविधा लिनका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरूले कर्मचारी परिचयपत्र पेस गर्नुपर्नेछ।