अमेरीकालाई टक्कर दिन चीनले वुहानको ल्याबमा कोरोना भाईरस बनाएको अमेरीकी अधिकारीको दाबी

अमेरीकालाई टक्कर दिन चीनले वुहानको ल्याबमा कोरोना भाईरस बनाएको अमेरीकी अधिकारीको दाबी

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी बैशाख ४ । अमेरीकी गुप्तचर निकाय र राष्ट्रिय सुरक्षा अधिकारीहरुले चीनको वुहानमा जनावारबाट या ल्याब के बाट कोरोना भाईरस फैलिएको हो भनेर पत्ता लगाउन अनुसन्धान गरीरहेको दावी गरेका छन् ।
उनीहरुले जनावारबाट भन्दा पनि ल्याबबाट यो भाईरस फैलिएको हुन सक्ने दाबी गरेका छन् । अमेरीकालाई टक्कर दिन चीनले ल्याबमा भाईरस बनाएको हुन सक्छ , यस बारेमा गुप्तचर निकायहरुले अनुसन्धान गरीरहेका छन् उनीहरुले भने ।
सिएनएनमा प्रकाशित समाचार अनुसार अमेरीकाले यो जैविक हतियार हो भनेर विस्वास नगरेको तर यसका बारेमा अध्ययन भने गरीरहेको जनाएको छ ।
अमेरीकी टिभी च्यानल फक्स न्युजले सनसनीपूर्ण भन्दै यो समाचार प्रचार गरीरहेको छ । जस अनुसार एउटा बिशेष उदेश्यले यो भाईरस चीनको वुहानको ल्याबमा बनाईएको थियो । समाचारमा जिकिर गरिएको छ ।
समाचारमा चीनले जैविक हतियारको रुपमा भन्दा पनि अमेरीकालाई चूनौती दिन कि चीन पनि अमेरीका जस्तै खतरनाक भाईरस पहिचान गर्न सक्छ या उसलाई सामना गर्न सक्छ भन्ने देखाउन चीनले यस्तो गरेको दावी गरिएको छ ।
फक्सको रिपोर्टमा पेसेन्ट जिरो वेट मार्केटमा गए पछि यो फैलन शुरु गरेको दावी गरिएको छ । त्यस पछि चीनले वेट मार्केटबाट फैलिएको देखाउने र ल्याबबाट फैलिएको भनेर बदनाम नहोस् भनेर यस्तो काम गरेको दावी गरिएको छ ।
यद्यपि, यो रिपोर्ट अधुरो रहेको दावी अमेरीकी जोईन्ट चिफ अफ् स्टाफ जनरल मार्क मिल्लेले बताएका छन् ।
यस अघि अमेरीकाले चीनको वुहानमा चमेरोबारे अनुसन्धान गर्न १० करोड डलर अनुदान दिएको दावी सार्वजनिक भएको थियो ।
जहाँ कोरोना फैलिएको थियो त्याहाँ चमेरो बिक्दैन थियो फक्सले भनेको छ ।
अमेरीकाले यो फेक कथा बनाएको हो या यसको वास्तविकता केही छ त्यो त सार्वजनिक होला नै तर चीन अमेरीकाबीचको बढ्दो विवादमा यसले थप बल पुर्याउने देखिन्छ ।
फक्सले अहिले सम्मकै सबै भन्दा महंगो गुप्त रिपोर्ट भनेर यो समाचारलाई दाबी गरेको छ ।

यो पनि

सिआईएको त्यो आश्चर्यजनक प्रतिवेदन, जसले अहिलेको महामारीका बारेमा १५ बर्ष अघि नै व्याख्या गरेको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ