सिआईएको त्यो आश्चर्यजनक प्रतिवेदन, जसले अहिलेको महामारीका बारेमा १५ बर्ष अघि नै व्याख्या गरेको थियो

सिआईएको त्यो आश्चर्यजनक प्रतिवेदन, जसले अहिलेको महामारीका बारेमा १५ बर्ष अघि नै व्याख्या गरेको थियो

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 60.7K
    SHARES

अमेरीकी जासुसी संस्था सिआईएले सन् २०२० मा यस्तो महामारी आउन सक्ने बारे १५ बर्ष अघि नै सन् २००५ मा ब्याख्या गरेको पाईएको छ । यो ब्याख्या अहिले विश्वव्यापी रुपमा सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । २००५ को यो प्रतिवेदनले शंकास्पद रुपमा विस्तृत बिष्लेषण दिन्छ अहिले विश्वभर बढीरहेको महामारीको बिषयमा ।
सन् २००५ को सेप्टेम्बरमा यो रिपोर्ट लेखेको थियो सिआईएले । अलेक्जेन्डर एडलरले आफ्नो पुस्तक “ द न्यू सिआईए रिपोर्ट,ह्वाट विल बि द न्यू फेस अफ् द वल्र्ड ईन 2025 ? ( The New CIA report. what will be the new face of the world in 2025 ? )” मा व्याख्या गरेका छन् । सन् २००५ देखि २००९ सम्म पश्चिमा देशहरुमा यो पुस्तक प्रकाशनहरु भएको थियो ।
सिआईएले सामान्य रुपमा १५–२० बर्ष पछि विश्वको भविष्यको बारेमा पुर्वानुमान गर्ने गर्दछ । अचम्मको कुरा, यस रिपोर्टले विश्वव्यापी महामारीको सटीक वर्णन दिएको छ । यस पुस्तक भित्र एउटा उप शीर्षक छ, विश्वव्यापी महामारीको संभावना ( A Possible outbreak of a global pandamic ) ।
यसमा सिआईएका बिज्ञहरुले कोभिड–१९ जस्तै महामारीको बारेमा सटिक विष्लेषण गरेका छन् । नयाँ, अत्याधिक संक्रामक, विषालु, मानव स्वास प्रस्वास रोगको उदय हुन सक्छ , जहाँ पर्याप्त उपचार छैन र यसले विश्वव्यापी महामारीको कारण निम्त्याउँछ भनेर उनीहरुले पुर्वानुमान गरेका थिए । जुन आजको समयमा देखा पर्दछ ।
महामारीको सुरूवात प्राकृतिक आनुवंशिक उत्परिवर्तन, पहिले नै परिसंचरणमा रहेको भाइरल स्ट्रिनको पुनः संयोजनमा, वा मानव जनसंख्यामा नयाँ रोगजन्य कारकको उदयमा निर्भर गर्दछ । अहिलेको महामारीको नयाँ रोग एच५एन१ एभिएन इन्फ्लूएंजा जस्तै घातक हुने लेखिएको छ रिपोर्टमा । “यस प्रकारको रूपान्तरण, तर अन्य रोगजनकहरू, जस्तै तीव्र श्वासप्रश्वास सिन्ड्रोम कोरोना भाइरस र केही इन्फ्लूएन्जा स्ट्रेनको समान गुण हुनेछ, पोर्चुगलबाट प्रकाशित हुने अखबार भिसाओले रिपोर्टलाई उल्लेख गर्दै लेखेको छ ।

महामारीको लागि कोही तयार छैन

उक्त रिपोर्टमा यस्तो पनि लेखिएको छ “उत्पत्ति भएको देशले सम्भावित रूपमा पत्ता लगाउन पर्याप्त साधनहरू नहुने भएकोले यस रोग पत्ता लगाउन लामो समय लाग्नेछ । प्रयोगशालामा हप्तौ लाग्न सक्छ रोगको परिणामहरु पत्ता लगाउन , जसले गर्दा यसले महामारीको रुप लिन सक्छ ।

विश्वव्यापी संक्रमणको परिदृष्यको पनि यसरी व्याख्या गरिएको छ । अन्तर्रा्ष्ट्रिय यात्रामा प्रतिबन्धको बाबजुद, थोरै वा कुनै लक्षण नभएका यात्रीहरूले भाइरसलाई अन्य महादेशमा लैजान सक्छन्। बिरामीहरूको संख्या हरेक महिना स्नोबल जस्तै देखा पर्ने छ ।
रिपोर्टले नोवेल भाइरसको उद्भवको क्षेत्र र परिस्थितिहरूको पूर्वानुमान गरेको छ जस्तै : “यदि महामारी फैलियो भने निस्सन्देह यो सघन जनसंख्या भएको क्षेत्रबाट शुरु हुन्छ, जहाँ मानिसहरू जनावरहरूको नजिकै बस्छन् । चीन र दक्षिणपूर्वी एशियामा त्यस्ता क्षेत्रहरू छन् जहाँ मानिसहरू पशुपालनको सम्पर्कमा छन्।” भनिएको छ । सबैभन्दा खराब अवस्थाको बारेमा चर्चा गर्दै सिआईएको रिपोर्टमा, “यो रोग यो भारईरसले करोडौ पश्चिमाहरुमा समेत संक्रमण गर्ने छ र दशौं लाख मानिसको मृत्यु हुन सक्छ । यसले विश्वको महत्वपूर्ण संरचनामा गिरावट ल्याउने छ । आर्थिक मन्दी विस्वव्यापी हुने छ । विश्वको एक तिहाई जनसंख्यालाई असर पार्ने छ ।

परिणाम स्पष्ट छ :तनाव र द्धन्द

“२०२० सम्ममा यो रोग देखा पर्यो भने आन्तरिक र सीमापार तनाव र द्वन्द्व फैलिनेछ । देशहरूले जनसंख्याको आन्दोलनलाई नियन्त्रणमा राख्न वा संक्रमणको प्रसारबाट बच्न वा प्राकृतिक स्रोतमाथिकोे पहुँच संरक्षण गर्न खोज्ने छन् ” प्रतिवेदनले निष्कर्ष निकालेको थियो ।

उल्लेखनीय के छ भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले केही समय पहिले भनेका थिए कि यो अमेरीकी सेनाले सैनिक खेलकुदका बेला वुहानमा यो भाईरस ल्याएको हुन सक्छ भनेर ।
नेचर मेडिसिन जर्नलमा २०१५ मा प्रकाशित एउटा लेखमा भनिएको छ, अमेरिकी वैज्ञानिकहरूले कृत्रिम रूपमा विभिन्न जनावरहरूमा कोरोना भाइरसको हाइब्रिड स्वरुप सिर्जना गरेका छन्, जस्तै कि चमेरोमा । यसमा अगाडी व्याख्या गरिएको छ २०१३ पछि उनीहरुले यो भाईरस मानिसमा सर्ने संभावनाको बारेमा अध्ययन गरेका थिए ।
गत सोमबार संयुक्त राज्यले रिपोर्ट गर्योे कि अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरस विरूद्ध प्रयोगात्मक खोप तयार गरी यसको परीक्षण सुरु गरे । कुन देशले बिक्रीबाट ठूलो नाफा लिने छ भन्ने अनुमान गर्नु स्वाभाविक हो ।
कोरोना फैलिए लगत्तै रुसी टेलिभिजनहरुले अमेरीकाको षड्यन्त्रमा यो भाईरस फैलिएको दाबी गरेको थियो । ।
-प्राभ्दा रिपोर्टमा प्रकाशित रिपोर्टको मुख्य अंशहरु

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ