माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

माग्रीभिरको कडा चट्टान छिचोलियोः सडक सञ्जालमा पहुँच हुने आशा

  • सोमवार, कार्तिक १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

मुगु, १६ कात्तिकः गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको हो ।

कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्रीभिर छिचोलिएसँगै अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यसलाई दुर्गम कार्मारोङ्ग गाउपालिकालाई सडक सञ्जालसँग जोड्ने अभियानमा महत्त्वपूर्ण प्रगतिका रूपमा लिइएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार नेपाली सेनाको सहयोगमा कडा चट्टान छिचोल्ने काम सम्पन्न भएको हो । चट्टान काट्ने काम सकिएपछि त्यसको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको महताराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक निर्माणका लागि रु १५ करोडको ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ ।

गमगढी-नाक्चेलाग्ना सडक मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने तथा सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्ने महत्त्वपूर्ण सडक हो । माग्रीभिरको कडा चट्टान छिचोलिएसँगै सडक निर्माणले गति लिने र मुगुवासीको चिनसँग व्यापार गर्ने सपना पनि पूरा हुने अपेक्षा गरिएको छ ।

नेपाल चिन जोड्ने गमगढी-नाक्चेलाग्ना नाका सडक निर्माण गर्न सुरु गरेको २१ वर्षमा १८ किमी मात्र ट्याक खोलिएको छ । मुगु जिल्लामा पर्ने चीनसँग जोडने यो सडक विसं २०६२ देखि नेपाल सरकारले औपचारिक रूपमा निर्माण सुरु गरेको थियो । मुगु सदरमुकाम गमगढी बजारबाट चीनसँगको सिमाना नाक्चेलाग्नासम्म ९६ किमी दूरी रहेपनि सडक निर्माण सुरु भएको २१ वर्षमा १८ किमी ट्याक खोलिएको सडक डिभिजन कार्यालयका प्रमुख महताराले जानकारी दिनुभयो ।

नेपालका चिनसँग जोडिएका १४ परम्परागत सिमानामध्य जिल्ला सदरमुकामबाट चिनको सिमानासम्म दुरिका हिसावले यो नाका अन्य नाकाभन्दा छोटो मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ