यूएई,१ जेष्ठ ।
बैदेशिक रोजगारीको को सिलसिलामा यूएईको अबुदाबि राज्य स्थित सेल्फजिज रेस्टुरेन्टमा बिगत दुई बर्स देखि काम गर्दै आयका धादिङ त्रिपुरेवर -३खहरे का मुरारी तिमसिना गत मे १२ गते राती यु ए इ को बर दुबइ मा नराम्रो सङ लुटियका छन । आबुदाबि बाट आफ्नो विशेष कामले १२ मे का दिन दुबई राज्यमा आयका मुरारी दुबइको बर दुबइ अल्गुबैबा मेट्रो स्टेशनको नजिक रहेको नेपाली पार्क मा आयका थिय ।
छुटीको दिन उक्त स्टेशन वरपर को पार्क मा नेपालीहरुको भीड़ नै लाग्ने गर्छ ।प्राय दुबई मा बसोबास गर्न नेपालीहरुको भेटघाट गर्ने थलो नै अल्गुबैबा मेट्रो स्टेशन पार्क बनेको छ । चारै तीर नेपाली हरुको मात्र जमात देखिने उक्त पार्क मा मुरारी समेत घुम्न गयका थिय । घुम्ने क्रममा नेपाल को झापा देखि भिजिट भिसामा आएका आफ्नै थर गरेका अनिरुद्र तिमसिना नाम गरेका ब्येत्ति संग भेट भई दाजु भाईको साइनो लगाउँदै कुराकानी को क्रममा नजिकिएका मुरारी बेलुका सँगै बास बस्ने निर्णय गरी बुर दुबई स्थित SKYWAY HOTEL मा गई एउटै कोठा लिएर कोठा नम्बर २१६ मा बास बसेका बताउछन् ।
बेलुका सङ्गै सुतेका भाइ बिहान् उठदा आफ्नो सम्पुर्ण सामान सहित घाटिमा लगायको ३.५तोलाको सुनको सिक्री र नगद ७हजार दिराम समेत बोकेर भागे पछी आफु लुटिएको पत्तो पायको मुरारीले बतायका छन । आफुले आफ्नै थर गरेको दाजुभाइ भनी बिश्वास गर्दा ठुलो धोका खायको उनि बताउछन । होटेल मा खायको बिल तिर्न भनी ५०० दिराम छाड्यको हुनाले आफु त्यहा बाट फर्कन पायको बताउदै बिदेश मा कुनै नेपाली को पनि छिट्टै बिश्वास गर्न नहुने उनको भनाइ रहेको छ ।
यसरी आफुलाइ धोका दियर आफ्नो सम्पुर्ण सामन सहित झन्डै नेपाली ५ लाख बराबर को चोरी गर्न अनुरुद्र को खोजी गरि न्याय दिलाउन माग गर्दै आफुले यूएई स्थित ने क पा माओवादी सम्बद्ध मजदूर संगठन जनप्रगतिशील मोर्चा समक्ष निबेदन समेत दिएको जानकारी मुरारी ले दियका छन। आबुदाबि बाट सँगै काम गर्ने साथीको नेपाल पठाई दिनु पर्ने पैसा सहित सवै रकम लुटिय पछि मुरारी यत्ति खेर घरको न घाटको भयका छन ।
साथै मुरारीले होटल मा सँगै बस्दा दुबै जनाको पासपोर्ट फोटोकपी होटलमा बुझाएको हुदा स प्रमाण यूएई प्रहरी सामू आफु लुटीएको बयान दिए पनि प्रहरीले अपराधीलाइ समातेर ल्याउनु ” “सङ्गै बस्ने लाइ चिनिन्छ ” भने पछि मुरारी झन पीडित बनेका छन । भने अन्तिम विकल्प लियर सहयोग गरिदिन आग्रह गर्दै जन प्रगतिशिल मोर्चा समछ्य समेत आफुले निवेदन पेस गरेको जानकारी मुरारी ले दियका छन ।

