सुप सेवा समाज कतारको साँस्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

सुप सेवा समाज कतारको साँस्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २४ माघ ।

सुदुरपश्चिम सेवा समाज कतार को नया बर्ष शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

सँस्थाका अध्यक्ष अमृत शाहीको अध्यक्षतामा कतारको समाल गार्डेनमा शुक्रबार सम्पन्न कार्यक्रममा सुदुपश्चिम क्षेत्रका कलाकारहले विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

सुदुरपश्चिमको कला सँस्कृतीको जर्गेना, उत्थान र प्रचार प्रसारका लागि “हिमाल पाहाड तराइ एकताको कामना,समृद्ध समाज सुपको चाहना” भन्ने मुल नाराका साथ गठित सस्ँथाले आयोजना गरेको बनभोज कार्यक्रममा सुप तथा गैरसुप बासी गरि करिब पाँच सय जनाको सहभागिता रहेको थियो ।

कलाकारहरु गंगा गिरि राम बहादुर बोहोरा, लोकेस बि सि खड्क रावल, महेश नाथ, रदिपक बम, रिमा क्षेत्री, रिमा लामा, पारु मगर, र निशा ढकाल, युबराज छ्त्याल, सुष्मा मगर, कृष्ण काफ्ले, र तुफान कार्कि लगायत का कलाकारले गीत, नृत्यसहित हास्यँव्यंग्य प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी