काठमाडौं, २४ माघ ।
सुदुरपश्चिम सेवा समाज कतार को नया बर्ष शुभकामना आदान प्रदान तथा बिबिध साँस्कृतिक र बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
सँस्थाका अध्यक्ष अमृत शाहीको अध्यक्षतामा कतारको समाल गार्डेनमा शुक्रबार सम्पन्न कार्यक्रममा सुदुपश्चिम क्षेत्रका कलाकारहले विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।
सुदुरपश्चिमको कला सँस्कृतीको जर्गेना, उत्थान र प्रचार प्रसारका लागि “हिमाल पाहाड तराइ एकताको कामना,समृद्ध समाज सुपको चाहना” भन्ने मुल नाराका साथ गठित सस्ँथाले आयोजना गरेको बनभोज कार्यक्रममा सुप तथा गैरसुप बासी गरि करिब पाँच सय जनाको सहभागिता रहेको थियो ।
कलाकारहरु गंगा गिरि राम बहादुर बोहोरा, लोकेस बि सि खड्क रावल, महेश नाथ, रदिपक बम, रिमा क्षेत्री, रिमा लामा, पारु मगर, र निशा ढकाल, युबराज छ्त्याल, सुष्मा मगर, कृष्ण काफ्ले, र तुफान कार्कि लगायत का कलाकारले गीत, नृत्यसहित हास्यँव्यंग्य प्रस्तुत गरेका थिए ।
