ओमान ,१५ शुक्रबार ।
भुकम्प पीडितका नाममा बिदेशीएका नेपालीहरुबाट राहत सहयोग प्राप्त हुने क्रम अझै जारी छ ।
एमाओवादी निकट नेपाली जनप्रगतिशिल मन्च ओमानले शुक्रबार प्रधानमन्त्री राहतकोषमा दुई लाख रुपैया जम्मा गरेको छ ।
मन्चको अगुवाईमा बिभिन्न कम्पनीमा काम गर्ने नेपालीहरुबाट सो रकम संकलन गरीएको मन्चका पूर्व महासचिव तथ वरिष्ठ सल्लाहाकार तुला गिरीले जानकारी दिनुभयो । उहाका अनुसार संकलन गरेको सो रकम राजदुतावास मार्फत प्रधानन्त्री राहत कोषमा जम्मा गरीएको छ ।
अन्य कुनै नेपालीहरुले ओमानबाट भुकम्प पीडितलाई सहयोग गर्न चाहेमा बैंकिङ प्रणालीमार्फ सिधै प्रधानमन्त्री राहतकोषमा जम्मा गर्न सकिने ब्यावस्था दुतावासले मिलाईएको उहाले बताउनु भयो ।
दाताहरुको नाम राखि राजदुतावासले उनीहरुलाई प्रशंसा पत्र समेत दिने जानकारी गराईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

