दुई तिहाईको बालेन सरकारले पनि जनताको आशा अनुसार काम गर्न सकेको छैन : प्रचण्ड

दुई तिहाईको बालेन सरकारले पनि जनताको आशा अनुसार काम गर्न सकेको छैन : प्रचण्ड

  • शनिबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गरे। निष्ठापूर्वक जनताका मुद्दा उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गर्दै उनले प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा समेत गरे।

शुरुवाती दिनमा सीमित संख्यामा रहेका कार्यकर्ताबाट सुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भई मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको उनले बताए।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले इतिहासमा आफ्नो पार्टीले खेलेको भूमिका र विचारको महत्त्वलाई अवमूल्यन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास कहिल्यै सफल नहुने जिकिर गरे।

विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय पार्टीप्रति भइरहेका विभिन्न टीकाटिप्पणी र आलोचनाप्रति संकेत गरे। उनले इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने चेतावनी समेत दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ