भारत भ्रमणमा जाँदै रवि लामिछाने

भारत भ्रमणमा जाँदै रवि लामिछाने

  • शुक्रबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ — सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।

सभापति लामिछानेको निजी सचिवालयका अनुसार उनी सपरिवार तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका हुन्।

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने बेहोरा सम्पूर्ण पार्टी पंक्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।”

भ्रमण तालिका अनुसार सभापति लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्न जानेछन्।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी उनी स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ