धनगढी हुँदै भारत लागे रवि लामिछाने

धनगढी हुँदै भारत लागे रवि लामिछाने

  • शुक्रबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान प्रस्थान गरेका छन्।

पत्नी निकितासहित काठमाडौँबाट हवाईजहाजमार्फत धनगढी पुगेका सभापति लामिछाने त्यहाँबाट भारततर्फ लागेका हुन्।

उनको निजी सचिवालयले दिएको जानकारी अनुसार यो तीन दिने भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक तीर्थाटन हो। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उहाँ स्वदेश फर्किनुहुनेछ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ