नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, पेरिसडाँडाबाट प्रचण्डद्वारा अपिल जारी

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, पेरिसडाँडाबाट प्रचण्डद्वारा अपिल जारी

  • शनिबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच अभियानको शुभारम्भ गरिएको हो।

अभियानको उद्घाटन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक अपिल समेत जारी गरेका छन्। जारी अपिलमा अहिलेको बदलिँदो राजनीतिक परिस्थितिमा जनतासँगको सम्बन्धलाई अझ व्यापक, व्यवस्थित र परिणाममुखी बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ।

यसैगरी कार्यक्रममा बोल्दै पार्टी सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टी जनताको माझमा जान लागेको बताए। दुई महिनासम्म सञ्चालन हुने यस अभियानमार्फत देशभर संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ