रसुवा बाढीका पीडितलाई सघाउन आइएमईले सुरु गर्‍यो निःशुल्क रकम पठाउने सुविधा

रसुवा बाढीका पीडितलाई सघाउन आइएमईले सुरु गर्‍यो निःशुल्क रकम पठाउने सुविधा

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौं, ११ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि विदेश तथा स्वदेशबाट प्रधानमन्त्री राहत कोषमा पठाउने रकममा आइएमईले सबै शुल्क मिनाहा गरेको छ।

प्राकृतिक विपद्को यस संवेदनशील घडीमा राहत तथा पुनर्स्थापना कार्यमा सघाउन विदेशमा रहेका नेपाली र अन्य सहयोगीहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’का बैंक खाताहरूमा आइएमईमार्फत निःशुल्क रकम जम्मा गर्न सक्नेछन्।

यसैगरी, नेपालभित्रैबाट पनि ‘खल्ती बाइ आइएमई’ (Khalti by IME) मार्फत सोझै सरकारी कोषमा बिनाकुनै शुल्क सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ।

गएको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण ज्यान गुमाउने तथा प्रभावित बनेका सम्पूर्ण परिवारजनप्रति आइएमई ग्रुपले गहिरो दुःख व्यक्त गर्दै सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ।

साथै, विपद्को यस कठिन समयमा उद्धार र राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गर्दै आइएमईले आफ्नो क्षमताअनुसार राहत र पुनर्स्थापनामा हातेमालो गर्न सबैलाई अपिलसमेत गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी