महाविपत्तिमा निजी क्षेत्रको ऐक्यबद्धता: प्रधानमन्त्री उद्धार कोषमा एकै दिन ४६ करोड बढी सहयोग सङ्कलन

महाविपत्तिमा निजी क्षेत्रको ऐक्यबद्धता: प्रधानमन्त्री उद्धार कोषमा एकै दिन ४६ करोड बढी सहयोग सङ्कलन

  • शुक्रबार, भदौ १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

काठमाडौँ — विनाशकारी भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग पुर्‍याएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सार्वजनिक आह्वानलगत्तै उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाहरूले एकै दिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४६ करोड ५० हजार रुपैयाँभन्दा बढी जम्मा गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा मात्रै विभिन्न व्यावसायिक घराना र संस्थाहरूबाट २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ। एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकम बुझ्न सुरु गर्नुभएको हो।

कसले कति गरे सहयोग?

बाढीपीडितका लागि हालसम्म सबैभन्दा ठूलो योगदान गोर्खा ब्रुअरीले गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारीसहितको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटेर १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

यस्तै, अन्य प्रमुख संस्थाहरूको सहयोग रकम यस प्रकार छ:

बीवाईडी-साइमेक्स इंक: ७ करोड रुपैयाँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान): ५ करोड ५ लाख ५० हजार रुपैयाँ

नेपाल बैंक: ३ करोड १ लाख रुपैयाँ

कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक: समान ३/३ करोड रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा): २ करोड ५० लाख रुपैयाँ

सानिमा बैंक: २ करोड २५ लाख रुपैयाँ

एनआईसी एसिया बैंक: २ करोड २१ लाख रुपैयाँ

सारस बेभरेज (रेडबुल): २ करोड रुपैयाँ

गोल्छा ग्रुप: १ करोड ५० लाख रुपैयाँ

कालिका कन्स्ट्रक्सन: १ करोड १ लाख रुपैयाँ

एनसेल र आईएमई लाइफ इन्स्योरेन्स: समान १/१ करोड रुपैयाँ

यसबाहेक शिवशक्ति ग्रुपले ५१ लाख, अपि पावरले ३५ लाख, हिमालयन बुलियनले २१ लाख रुपैयाँ सहयोग गरेका छन्। रिलायन्स सुगर, मेगा मोटर्स, नाडा र नेपाल लेयर्स कुखुरा पालक संघले १०/१० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।

अन्तर्राष्ट्रिय दाताका लागि छुट्टै पोर्टल

बुधबार साँझ प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत उद्धार र राहतका लागि आम नागरिक, व्यवसायी र संघसंस्थासँग सहयोगको अपिल गर्नुभएको थियो।

विदेशी नागरिक तथा अन्तर्राष्ट्रिय दाताहरूबाट राहत रकम सङ्कलन सहज बनाउन सरकारले बिहीबारदेखि छुट्टै अन्तर्राष्ट्रिय भुक्तानी पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। उद्योगी-व्यवसायीहरूको यो अभूतपूर्व सहयोगले प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी