चर्चित पपगायिका एरियाना ग्रान्डेले सार्वजनिक जीवनबाट विश्राम लिने

चर्चित पपगायिका एरियाना ग्रान्डेले सार्वजनिक जीवनबाट विश्राम लिने

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

एजेन्सी १८, लस एन्जलस : अमेरिकी पपगायिका तथा अभिनेत्री एरियाना ग्रान्डेले आफ्नो चालु सांगीतिक विश्व भ्रमण ‘इटरनल सनसाइन टुर’ (Eternal Sunshine Tour) लगत्तै सार्वजनिक जीवनबाट केही समयका लागि टाढा रहने घोषणा गरेकी छन्। ३३ वर्षीया गायिकाले ‘अन्तहीन र निरन्तरको सार्वजनिक निगरानी र दबाब’ का कारण यो निर्णय लिएको बताएकी छन्।

आइतबार जारी गरिएको एक विज्ञप्तिअनुसार ३३ वर्षीया ग्रान्डेले ‘अन्तहीन र निरन्तरको सार्वजनिक निगरानी’ का कारण केही समयका लागि सार्वजनिक उपस्थिति र कामहरूबाट विश्राम लिने निर्णय गरेकी हुन् । हाल ‘इटरनल सनसाइन टुर’ का सिलिसिलामा शिकागोमा रहेकी ग्रान्डेको यो विश्व भ्रमण आगामी महिना लन्डनमा पुगेर समापन हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘उनी यो टुर स्वस्थ र खुसीका साथ उच्च मनोबलमा सम्पन्न गर्न उत्सुक छिन् । त्यसपश्चात, सार्वजनिक जीवन र कामबाट ग्रान्डेले विश्राम लिनेछिन्, जसले उनलाई निरन्तरको अनावश्यक सार्वजनिक दबाबबाट टाढा राख्नेछ ।’

यसैबीच, इन्डिपेन्डेन्ट प्रोडक्सन कम्पनी ‘एम्पायर स्ट्रिट प्रोडक्सन’ ले पनि आइतबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आगामी वर्ष लन्डनको बार्बिकन सेन्टरमा मञ्चन हुने स्टेफन सोन्डहाइमको नयाँ नाटक ‘सन्डे इन द पार्क विथ जर्ज’ मा अब ग्रान्डे मुख्य भूमिकामा नदेखिने पुष्टि गरेको छ ।

कम्पनीले भनेको छ, ‘यो निर्णय उनका लागि सहज थिएन भन्ने हामी बुझ्न सक्छौं । ग्रान्डेको यो निर्णयमा हाम्रो पूर्ण समझदारी र समर्थन रहेको छ । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं ।’ कम्पनीले निर्धारित योजना अनुसार नै नाटकको मञ्चन भने जारी रहने जनाएको छ ।

गत जुलाई ३१ मा उनको आठौं स्टुडियो एल्बम ‘पेटल’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पपगायिका एरियाना ग्रान्डेको स्वास्थ्यलाई लिएर निकै चासो बढेको छ । यस अडिसन–थिमको म्युजिक भिडियोमा उनी निकै नै दुब्लो देखिएपछि फ्यानहरूले उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् ।

यस्तोमा ग्रान्डेको सार्वजनिक जीवनबाट टाढिने अभिव्यक्ति आएको छ । ख्याति र प्रसिद्धिले ल्याउने अनुचित हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै आएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी