ब्रड पिकमा निधन भएका आरोही पुरबहादुर गुरुङलाई अन्तिम श्रद्धाञ्जली

ब्रड पिकमा निधन भएका आरोही पुरबहादुर गुरुङलाई अन्तिम श्रद्धाञ्जली

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ: पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएका कीर्तिमानी पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, गृहमन्त्री सुधन गुरुङ, नेपाली कांग्रेसका सभापति गगन थापा र सांसद इन्दिरा राना मगरलगायतका शीर्ष नेताहरूले स्वर्गीय गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरे। श्रद्धाञ्जली सभामा नेपाल पर्वतारोहण संघका पदाधिकारी, आरोही, पर्यटन व्यवसायी, आफन्त तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

पाकिस्तानको काराकोरम हिमशृंखलामा स्थित ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी गुरुङसहित १० जना बेपत्ता भएका थिए। त्यसमध्ये गुरुङको पार्थिव शरीर बिहीबार काठमाडौँ ल्याइएको हो।

गोरखाको लाप्राक स्थायी घर भएका गुरुङ एक अनुभवी आरोही हुन्। उनले १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमालहरू २८  पटक सफल आरोहण गरिसकेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी