काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म रुसको राजधानी मस्कोमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रचण्ड बिहान ९ः२० बजे काठमाडौं–दुबई उडानमार्फत मस्कोतर्फ लागेको उनको सचिवालयले जनाएको छ।
भ्रमण टोलीमा प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।
मस्कोमा हुने सम्मेलनमा सहभागी भई निर्धारित कार्यक्रम सम्पन्न गरेपछि प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline