भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझी रिहा

भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझी रिहा

  • बिहिबार, कार्तिक २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ। नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्। उनी आज बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन्।

कानुनमा ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ।

नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ परेका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो। सोही सजाय भुक्तानका क्रममा ज्येष्ठ नागरिकको कानुनी सुविधा पाएपछि उनी जेलमुक्त भएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ